लन्डन । नेपाली चलचित्र ‘लाहुरे’ र ‘लालपूर्जा’ मा प्रमुख भूमिका निर्वाह गरेकी लन्डनवासी नायिका मिरुना थापा मगर पछिल्लो समय विज्ञापनमा समेत देखिएकी छन् । ए-स्टार फाइनान्सियल सोलुसन्स् यूकेको प्रवर्धनात्मक विज्ञापनमा मिरुनाले अभिनय गरेकी हुन् ।
मिरुनाले बेलायतका विभिन्न स्टेज कार्यक्रममा नृत्य गरिसकेकी छन् भने केही म्यूजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । सनमकुमार बैरागले उक्त विज्ञापन निर्माण गरेका हुन् । यूकेमा अत्यधिक रुचाइएका दुई नाटक समय दृश्य र जीगिसाका निर्देशक समेत रहेका सनमको कला क्षेत्रमा राम्रो दख्खल छ ।
ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका प्रिन्सिपल तथा नेपाली मुलका पहिलो इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले बेलायतस्थित नेपाली समुदायसम्म पुगेर सेवा अझ विस्तार गर्न प्रचार प्रसारलाई प्राथमिकता दिइएको जनाए ।
‘हाम्रो सेवाबाट नेपाली समुदाय अझ लाभान्वित होस् भन्ने चाहना हो’, दर्लामीले भने, ‘सामाजिक उत्तरदायित्वलाई पनि कम्पनीले महत्व दिंदै आएको छ ।’
उक्त कम्पनीले बेलायतवासी नेपालीहरुलाई आवश्यक पर्ने रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट सहित वन स्टप फाइनान्सियल सर्भिसेजहरु प्रदान गरिरहेको छ ।
सन् २०१२ मा स्थापित ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले छोटो समयमै हजारौं ग्राहकको मन जितेको छ ।
ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेमा इण्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामी सहित रमेश सराङकोटी तथा रविन श्रेष्ठ मोर्गेज तथा प्रोटेक्सन एडभाइजर र कुमार गुरुङ प्याराप्लानर अफिस म्यानेजरका रुपमा कार्यरत छन् ।
उक्त कम्पनीले आफ्नो शाखा तथा सम्पर्क कार्यालय वेम्ली लन्डन, आसफोर्ड केन्ट तथा सरेमा समेत विस्तार गरेको छ ।
हेर्नुहोस् विज्ञापन-
https://www.youtube.com/watch?v=FNZKY_8ImaQ
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न