काठमाडौँ, २४ असोज (रासस) – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न संसदीय समिति गठन गरेको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी आज संसदीय समिति गठन गर्नुभएको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । यद्यपि, समितिमा रहेका नाम भने सार्वजनिक गरिएको छैन ।
यही असोज २० गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार चयन गर्न पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिने निर्णय गरेको थियो ।
केन्द्रीय समिति बैठकले यही आश्विन २७ गतेभित्र प्रदेश सभा र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नाम टुंगो लगाइसक्ने निर्णय समेत गरेको थियो ।
पार्टीको विधानको दफा ३१ मा केन्द्रीय समितिले आफूमध्येबाट एक संसदीय समिति गठन गर्न सक्ने प्रावधान छ । विधानतः समितिमा सभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुन्छन् भने केन्द्रीय समितिले बढीमा आठ जनासम्म सदस्य चयन गर्न सक्ने प्रावधान छ ।
समितिलाई पार्टीका तर्फबाट संसदको निर्वाचनमा उम्मेदवार चयन गर्ने र केन्द्रीय समितिमा पेश गर्ने अधिकार तोकिएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’