
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके र नेपाल पत्रकार महासंघ युके शाखाद्वारा संयुक्त रुपमा स्थापित ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ पत्रकारद्वय होम कार्की (नेपाल) र नवीन पोखरेल (बेलायत) लाई दिइने निर्णय भएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य संयोजक तथा पत्रकारद्वय बबिता बस्नेत र भगिरथ योगी सदस्य रहेको छनौट समितिले पत्रकार कार्की र पोखरेललाई संयुक्तरुपमा सो पुरस्कारका लागि छनौट गरेको हो ।
कान्तिपुर दैनिकमा आवद्ध कार्की लामो समयदेखि खाडी मुलुकमा नेपालीले भोग्नुपरेका समस्याका बारेमा रिपोर्टिङ गर्दै आएका छन् भने वीनेपाली डटकमका प्रधानसम्पादक पोखरेलले एक दशकदेखि बेलायतका नेपालीका बारेमा रिपोर्टिङ गर्दै आएका छन् । उनी बेलायतस्थित कान्तिपुर संवाददाता पनि हुन् ।
प्रवासी नेपालीका बारेमा निरन्तर समाचार सम्प्रेषण गर्ने एकजना नेपालभित्र र एक जना प्रवासका पत्रकारलाई हरेक दुई वर्षमा हुने एनआरएन विश्व सम्मेलनका अवसरमा सो पुरस्कार प्रदान गर्ने गरिन्छ । पुरस्कारको राशी १ लाख १ हजार रुपियां छ । यही अक्टोबर १४–१७ तारिखमा काठमाडौँमा हुने एनआरएनको आठौँ विश्व सम्मेलनमा सो पुरस्कार प्रदान गरिने छ ।
छनौट समितिको जिम्मा दिएकोमा नेपाल पत्रकार महासंघले एनआरएनप्रति धन्यवाद व्यक्त गरेको महासचिव रमेश बिष्टले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न