ललितपुर, १८ असोज (रासस) – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानमा आफ्नो पार्टी लागिपरेको बताउनुभएको छ ।
एमाले ललितपुर जिल्ला समितिद्वारा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व तथा ल्होछारको अवसरमा आज यहाँ आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सुशासन, कानुनी राज्य तथा शान्ति स्थापनाका लागि एमाले पार्टीले अग्रसरता लिएको बताउनुभयो ।
देशलाई आर्थिक समृद्धिको दिशामा लैजान एमालेले सरकारको नेतृत्व गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
आगामी मंसिर १० र २१ गते हुन लागेको प्रदेश र केन्द्रको निर्वाचनमा एमाले पार्टीे पहिलो स्थानमा आउने उहाँको दाबी थियो । उक्त निर्वाचनपछि एमालेको नेतृत्वमा दुई तिहाइभन्दा बढी मतको आधारमा सरकार बन्ने उहाँले बताउनुभयो ।
उक्त चुनावमा मधेशी दललगायत नयाँ शक्ति पार्टी नेपालले एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर नै निर्वाचनमा जाने तय भएको उहाँले बताउनुभयो । सूर्य चिन्ह लिएर चुनावमा जाने विषयमा नेकपा (माओवादी केन्द्र) भने टुङ्गोमा पुग्न बाँकी रहेको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
एमालेको नेतृत्वमा निर्माण हुने सरकारले दैलेखको पेट्रोल खानी र नवलपरासीको फलाम खानी सञ्चालन गर्ने र देशभित्रै रोजगारीको अवसर सिर्जना गरेर युवा वर्गको विदेश पलायन रोक्ने अध्यक्ष ओलीले बताउनुभयो ।
सो अवसरमा अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का केन्द्रीय सदस्य बाबुकाजी प्रधान, आमन्त्रित केन्द्रीय सदस्यद्वय सुदर्शन बानियाँ र शान्ति सिजापतिलाई टीका लगाएर स्वागत गर्नुभएको थियो । केन्द्रीय सदस्य प्रधानको नेतृत्वमा विभिन्न पार्टीबाट ५० जना एमालेमा प्रवेश गर्नुभएको जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले बताउनुभयो ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता