लन्डन । सोसियल इकमर्स प्लेटफर्म ‘सगुन डट कम’ मा बेलायतका एनआरएन अगुवाहरुले पनि लगानी गरेका छन् ।
एनआरएनए यूके वर्तमान अध्यक्ष योगकुमार फगामी एवं पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ, मेजर रिटायर्ड डमर घले र कुल आचार्यले सगुनमा लगानी गर्दै नेपालीले शुरु गरेको स्टार्ट अप कम्पनीमा अरुलाई पनि लगानी गर्न आव्हान गरेका छन् ।
अमेरिका निवासी आर्किटेक्ट गोविन्द गिरी सगुनका सिइओ तथा संस्थापक हुन् ।
बेलायतवासी एक जना लगानीकर्ता तथा सगुनका सल्लाहकार सूर्य गुरुङले केही जागरुक नेपालीले नेपालको समृद्धि र नेपाली पहिचानका लागि शुरु गरेको व्यवसायमा लगानी गर्नु आफ्नो दायित्व भएको बताए । ‘यो नेटवर्किङ नभइ शेयर बेस्ड व्यवसाय भएकाले मैले यसको भविष्य उज्ववल देखेको छु’, गुरुङले भने, ‘बेलायतवासी अन्य नेपालीलाई पनि लगानी गर्न मेरो सुझाव छ ।’
सगुनले गत १८ अगष्टदेखि रेगुलेसन ए प्लस (मिनी आइपिओ) अन्तर्गत बेलायतबाटै दोश्रो पटक सर्वसाधारणबीच शेयर विक्रीको अवसर खुल्ला गरेको थियो । बेलायतमा लगानीको अवसर अब केही समयका लागि मात्र खुल्ला गर्ने तयारी छ ।
सगुनमा लगानी गर्न न्यूनतम एकहजार डलर चाहिन्छ । पहिलो पटक क्रेडिट वा डेबिट कार्डबाट पनि लगानी गर्न सकिने व्यवस्था मिलाइएको छ । https://www.sagoon.com/invest मा क्लिक गरि लगानी गर्न सकिनेछ ।
सगुनले भारतीय टिम संगको संयोजनमा छिट्टै एन्ड्रोयड मोवाइल एप ल्याउने तय गरि सकेको छ ।
केही साता अघि सगुनका सिइओ तथा संस्थापक गिरी भारत गएर त्यहांका वरिष्ठ सरकारी अधिकारीहरु तथा निजी व्यवसायीसंग छलफल गरि सगुन प्रवर्धनमा समर्थन जुटाएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता