लन्डन । एनआरएनए यूके पूर्व अध्यक्ष मुछेत्र गुरुङले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा कोषाध्यक्षको आफ्नो उम्मेदवारी ‘आर्थिक पारदर्शीता’ र लगनसिलताकालागि भएको बताएका छन् ।
आठौं विश्व सम्मेलनका लागि नेपाल उड्नु अघिल्लो दिन उनले संस्था सञ्चालनमा कोष व्यवस्थापन ‘मेरुदण्ड’ हुने बताउंदै आफ्नो ध्यान आर्थिक पारदर्शीतामा केन्द्रित रहने बताए ।
एनआरएनए वर्तमान अध्यक्ष डा. शेष घलेको निकट र विश्वासिलो पात्र ठानिने मुछेत्रले आफ्नो जित सुनिश्चित बनाउन अहिले चुनावी अभियान तीव्र पारिरहेका छन् ।
केही साता अघिमात्र एनआरएनए यूके अध्यक्षको जिम्मेवारी योगकुमार फगामीलाई सुम्पिएका उनको कार्यकाललाई केन्द्रिय अध्यक्ष घलेले उदाहरणीय र सफल भन्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए । गुरुङको कार्यकालमा बेलायत शाखाले केन्द्रको निर्देशन अनुरुप आर्थिक सहयोग पठाउने देखि प्राकृतिक विपत्तिमा परेका पीडितहरुलाई सहयोग र लाप्राकमा स्वयंसेवक खटाउने कार्य प्रभावकारी रुपमा गरेको थियो ।
सामाजिक अभियन्ता गुरुङ अति मिलनसार र इमान्दार मानिन्छन् । उनलाई आफ्नो कार्यकालमा धमिलिएको एनआरएनए यूके साख स्वच्छ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको ‘क्रेडिट’ दिइन्छ । गुरुङले बेलायतमा ‘नेपाल हाउस’ को महत्वकांक्षी प्रोजेक्ट ल्याएका थिए ।
तमुधिं यूकेका पूर्व अध्यक्ष गुरुङ तमुधिं यूकेमा कोषाध्यक्ष, उपाध्यक्ष भएर झण्डै ९ वर्ष काम गरिसकेका छन् ।
ब्रिटिश आर्मीमा १८ वर्ष सेवा गरेका गुरुङको सन् १९९० यता बेलायतमा स्थायी बसोवास छ । उनको ट्राभल र प्रोपर्टी व्यवसाय छ ।
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा