लन्डन । बेलायतमा यस वर्षको दशैं टिका साइत बिहान ९.२५ बजे उत्तम मानिएको छ । प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका पण्डित निलहरि घिमिरेका अनुसार शनिबार दशमीका दिन बिहान ९.२५ बजे पूर्व फर्केर टिका थाप्न शुभ हुनेछ ।
उक्त पशुपतिनाथ मन्दिरमा बिहान ७ बजेदेखि टिका जमरा वितरण कार्यक्रम राखिएको छ । बिहान ७ देखि मध्यान्ह १२ बजेसम्म श्रद्धालु भक्तजनहरुले टिका जमरा लिन सक्ने पण्डित घिमिरेले जनाए । मन्दिरमा घटस्थापनाका दिन जमरा राखेर त्यसयता प्रत्येक दिन नवदुर्गा भवानीको पूजा, बिहान चण्डी पाठ, बेलुका ६ देखि ८ बजेसम्म भजन किर्तन भइरहेको घिमिरेले जानकारी दिए । आज नवमीको दिन सांझ ५ बजे ९ कन्या पूजा भव्य रुपमा गर्न लागिएको पनि घिमिरेले बताए । उक्त मन्दिरमा फूलपाती भित्रयाउने कार्य पनि भएको थियो ।
त्यसैगरि, साउथहलस्थित विश्व हिन्दू केन्द्रमा पनि टिकाको दिन बिहान ८ देखि ११.१५ सम्म टिका जमरा र प्रसाद वितरण गरिने भएको छ । वेष्ट लन्डन नेपाली मन्दिर समितिका कोषाध्यक्ष पण्डित होमनाथ पौडेलका अनुसार आज नवमीको दिन सांझ साढे ७ बजे ९ कन्याको पूजा गर्ने कार्यक्रम छ । वेष्ट लन्डन नेपाली मन्दिर समितिले फूलपातीको दिन वाडफोर्ड कृष्ण मन्दिरबाट भजन कीर्तनसहित फूलपाती भित्रयाएको थियो । केन्द्रमा प्रत्येक दिन चण्डी पाठ, भजन कीर्तन, आरती र पूजा भइरहेको छ । अष्टमीका दिन कालरात्रीको विशेष पूजा गरिएको थियो ।
उता अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले पनि दशमीको दिन टिका कार्यक्रम गर्ने भएको छ । पण्डित शेखर काफ्लेले टिका जमरा प्रदान गर्नेछन् । शनिबार बिहान टिका थाप्न आउने सबैलाई स्वागत गरिने सेन्टरका अध्यक्ष रोहित गुरुङले बताए । त्यहां पनि सांझ बिहान नवदुर्गा पूजा, आरती जारी छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता