लन्डन । स्कटल्याण्डमा नेपालीले सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुरयाएका छन् । एडिनबरामा निर्माणाधिन ‘हिमालयन सेन्टर फर आर्टस एण्ड कल्चर’ (सामुदायिक भवन) सम्पन्न गर्न अब एकलाख पाउण्ड जरुरी भएकाले सो खर्च जुटाउन अहिले ‘राफल ड्र’ टिकेट विक्री थालिएको छ । त्यसपछि च्यारिटी डिनर गर्ने सोच नेपालीको छ ।
दश पाउण्ड टिकेट शुल्क राखिएको उक्त ‘राफल ड्र’ मा पहिलो पुरस्कार एक दम्पत्तिलाई नेपाल जान आउन निशुल्क हवाइ टिकेट, दोश्रो पुरस्कार एक दम्पत्तिलाई एकोमोडेसनसहित युरोप टुर र तेश्रो पुरस्कार नगद भौचर राखिएको छ । इभेन्टको संयोजन सरोजराज जोशीले गर्दैछन् । उक्त सामुदायिक भवनका सल्लाहकार एवं ट्रष्टी भोला खनालले राफल ड्र टिकेट लिएर भवन निर्माणमा सहयोग गरिदिन सबै बेलायतवासी नेपालीमा आग्रह गरेका छन् ।
भवनका लागि कुल दश लाख पाउण्ड लगानी आवश्यक हुनेमा युनिटी बैंकले ६ लाख पाउण्ड (तीन लाख ऋण र तीन लाख पाउण्ड अनुदान) दिएको थियो । त्यसैगरि, क्लाइमेट चेन्ज फण्डले २ लाख, कम्युनिटी लोन ६० हजार पाउण्ड र चन्दा एक लाख पाउण्ड उठाएर हालसम्म कम्युनिटी हल, रेष्टुरेन्ट, टवाइलेट जस्ता निर्माणकार्य सकिइसकेको छ । ‘अब कम्पाउण्ड, गेट आदि फिनिसिङ गर्न एक लाख पाउण्ड आवश्यक छ’, सेन्टरका एकजना ट्रष्टी खनालले भने, ‘हामी सबै नेपालीलाई सहयोग गरिदिन आग्रह गर्छौं ।’
करिब डेढ सय जना अट्ने उक्त हलमा विविध कार्यक्रम गर्न सहज हुनेछ ।
तलको लिंकमा क्लिक गरेर राफल ड्रबारे थप जानकारी लिन सकिनेछ ।
http://www.himalayancentre.org/raffle-draw/
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता