लन्डन । स्कटल्याण्डमा नेपालीले सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुरयाएका छन् । एडिनबरामा निर्माणाधिन ‘हिमालयन सेन्टर फर आर्टस एण्ड कल्चर’ (सामुदायिक भवन) सम्पन्न गर्न अब एकलाख पाउण्ड जरुरी भएकाले सो खर्च जुटाउन अहिले ‘राफल ड्र’ टिकेट विक्री थालिएको छ । त्यसपछि च्यारिटी डिनर गर्ने सोच नेपालीको छ ।
दश पाउण्ड टिकेट शुल्क राखिएको उक्त ‘राफल ड्र’ मा पहिलो पुरस्कार एक दम्पत्तिलाई नेपाल जान आउन निशुल्क हवाइ टिकेट, दोश्रो पुरस्कार एक दम्पत्तिलाई एकोमोडेसनसहित युरोप टुर र तेश्रो पुरस्कार नगद भौचर राखिएको छ । इभेन्टको संयोजन सरोजराज जोशीले गर्दैछन् । उक्त सामुदायिक भवनका सल्लाहकार एवं ट्रष्टी भोला खनालले राफल ड्र टिकेट लिएर भवन निर्माणमा सहयोग गरिदिन सबै बेलायतवासी नेपालीमा आग्रह गरेका छन् ।
भवनका लागि कुल दश लाख पाउण्ड लगानी आवश्यक हुनेमा युनिटी बैंकले ६ लाख पाउण्ड (तीन लाख ऋण र तीन लाख पाउण्ड अनुदान) दिएको थियो । त्यसैगरि, क्लाइमेट चेन्ज फण्डले २ लाख, कम्युनिटी लोन ६० हजार पाउण्ड र चन्दा एक लाख पाउण्ड उठाएर हालसम्म कम्युनिटी हल, रेष्टुरेन्ट, टवाइलेट जस्ता निर्माणकार्य सकिइसकेको छ । ‘अब कम्पाउण्ड, गेट आदि फिनिसिङ गर्न एक लाख पाउण्ड आवश्यक छ’, सेन्टरका एकजना ट्रष्टी खनालले भने, ‘हामी सबै नेपालीलाई सहयोग गरिदिन आग्रह गर्छौं ।’
करिब डेढ सय जना अट्ने उक्त हलमा विविध कार्यक्रम गर्न सहज हुनेछ ।
तलको लिंकमा क्लिक गरेर राफल ड्रबारे थप जानकारी लिन सकिनेछ ।
http://www.himalayancentre.org/raffle-draw/
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस