लन्डन । मिसेस नेपाल यूके २०१७ फस्ट रनरअप पुनम गुरुङले नेपालका बहिराहरुको सहयोगार्थ गत सप्ताहन्त एक च्यारिटी कार्यक्रम गरेकी छन् । वेक्लिफ बाप्टिस्ट चर्च रेडिङमा गत शनिबार कार्यक्रम भएको हो । ‘बी अ पार्ट अफ चेन्ज’ नामक उक्त च्यारिटीबाट ३ हजार ५ सय पाउण्ड (करिब ४ लाख ७६ हजार रुपैयां) संकलन भएको पुनमले जानकारी दिइन् ।
घान्द्रुकको १० र ११ वडामा रहेका ३८ जना श्रवण शक्ति गुमाएका (बहिरा) व्यक्तिलाई भोकेशनल कक्षा उपलब्ध गराउने उद्देश्यले च्यारिटी गरिएको थियो ।
संकलित रकम चार महिनाको साइन ल्याङवेज क्लास, फेब्रिक पेन्टिङ क्लास र मोहडा तालिम प्रदान गर्न र फर्निचर खरिदमा खर्च गरिने पुनमले जनाइन् । घान्द्रुक बहिरा संघ पोखराको संयोजनमा तालिम प्रदान गरिनेछ ।
घान्द्रुक समाज पोखराका संस्थापक अध्यक्ष सुवेदार मेजर मिनबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रेडिङ तमु समाज यूकेका अध्यक्ष डम्बरबहादुर गुरुङ, उपाध्यक्ष नन्द गुरुङ, कोषाध्यक्ष याम गुरुङ, घान्द्रुक समाज यूकेका पूर्व अध्यक्ष इन्सपेक्टर खेमबहादुर गुरुङ, फस्ट एजुकेट नेपाल यूके एवं तामाङ घेदुङ सोसाइटी यूकेका पूर्व अध्यक्ष तेन्जिन पाख्रिन, घान्द्रुक आमा समाज यूकेकी अध्यक्ष शान्ति गुरुङ, रेडिङ घान्द्रुक आमा समाज यूकेकी अध्यक्ष सुकदेवी गुरुङ, मिस यूके नेपाल आयोजक शान्ति गुरुङ, पे ल्हु सङघ यूकेका कल्चरल सेक्रेटेरी जुमप्रसाद गुरुङ लगायत अतिथी थिए ।
मिस यूके नेपाल ०११ की सेकेन्ड रनर अप निलम गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रम प्रमुख अतिथी मिनबहादुर गुरुङ, आयोजक पुनम गुरुङ, डम्बरबहादुर गुरुङ, खेमबहादुर गुरुङ र सुकदेवी गुरुङले दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
कार्यक्रममा आयोजक पुनम गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् । मन्तव्यका क्रममा प्रमुख अतिथी सुवेदार मेजर मिनबहादुर गुरुङ, रेडिङ तमु समाज यूकेका अध्यक्ष डम्बरबहादुर गुरुङ, घान्द्रुक आमा समाज यूकेकी अध्यक्ष शान्ति गुरुङ र मिसेस यूके नेपाल २०१७ आस्था जोशीले गुरुङको सामाजिक कामको प्रशंसा गरे ।
राष्ट्रिय गानपछि ‘जेनिक द चाने डान्स ग्रुप यूके’ को तर्फबाट पुनम गुरुङ, सनम गुरुङ, आरती गुरुङ, प्रसुन गुरुङ र सुप्रिया गुरुङले मै जन्मेको घान्द्रुक गाउं… बोलको गीतमा पहिलो नाच प्रस्तुत गरेका थिए ।
कार्यक्रमममा मिसेस यूके नेपाल २०१७ टिमका तर्फबाट वीनर आस्था जोशी, गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, मन्जु शाह, दिप्ती गुरुङ, सुजिता गुरुङ, मिस यूके नेपाल २०१६ टेनिसा राना, मिनी राना, सुस्मिता थापा लगायतले आकर्षक नाच प्रस्तुत गरेका थिए भने अमृता गिरी, आशिस राज र चन्द्र गुरुङले गायन प्रस्तुत गरे । त्यसैगरि राफी श्रेष्ठले बांसुरीको धुन सुनाएकी थिइन् । उक्त अवसरमा एस के मार्सल आर्टस एकेडेमी यूकेले आफ्ना प्रशिक्षार्थीमार्फत तेक्वान्दो खेल प्रदर्शन गरेको थियो ।
युनिभर्सिटी अफ वेष्ट लन्डनमा एडल्ट नर्सिङ अध्ययनरत पुनम घान्द्रुकमै जन्मेकी हुन् । उनी घान्द्रुक आमा समाज यूकेकी सचिव छन् । नेपाली संस्कृति सम्वन्धि नाचको कोरियोग्राफी गर्न रुची राख्ने पुनम ‘जेनिक द चाने डान्स ग्रुप इन यूके’ संग पनि आवद्ध छन् ।
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा