
सप्तरीको खडग नगरपालिकाका नव निर्वाचित प्रमुख हेमायु हक लगायतका पदाधिकारीहरु सपथग्रहण गर्दै । तस्वीर – राजु विश्वकर्मा, रासस, लहान
काठमाडौँ, ९ असोज (रासस) – यही असोज २ गते निर्वाचन भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट आज अपराह्न ४ बजेसम्म प्राप्त विवरणानुसार स्थानीय तहका प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस ३८, संघीय समाजवादी फोरम नेपाल २५, राष्ट्रिय जनता पार्टी नेपाल २४, नेकपा (माओवादी केन्द्र) २१, नेकपा (एमाले) १८, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी हुनुभएको छ ।
यसैगरी जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २३८ वडाको मतगणना सम्पन्न भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । अब चार स्थानीय तह र १९ वडाको निर्वाचन परिणाम आउन बाँकी छ । आठ जिल्लामध्ये सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सप्तरीको राजविराज नगरपालिका, बाराको कलैया उपमहानगरपालिका र बारागढी गाउँपालिका तथा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा मतगणना जारी रहेको आयोगले जनाएको छ ।
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा