
राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नुहुँदै । साथमा विभिन्न दलका शीर्ष नेताहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, ८ असोज (रासस)- राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरिको ऐतिहासिक स्थानलाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नु प्रशंसनीय भएको बताउनुभएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनाराण शाहको पूर्णकदको सालिक चन्द्रागिरि हिल्समा आज आयोजित विशेष कार्यक्रमबीच अनावरण गर्दै राष्ट्रपति भण्डारीले चन्द्रागिरि क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी अनुकरणीय काम भएको चर्चा गर्नुभयो ।
चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित सो सालिक ५ फिट ८ इञ्च उचाइको छ । मूर्तिकार नवीन सुवेदीले सो सालिक निर्माण गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले प्राकृतिक सौन्दर्यले सुशोभित चन्द्रगिरिको पर्यावरणीय संवेदनशीलतालाई कायमै राखी स्थानीय जनताको स्तर उकास्ने तथा पर्यटनको विकासमार्फत मुलुकको समृद्धि हासिल गर्ने काममा चन्द्रागिरि हिल्स लिमिटेडले अहम् भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा समेत गर्दै जाने अपेक्षा गरेको बताउनुभयो ।
तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति र सामाजिक परिवेशमा सबै जातजाति, भाषाभाषी र स–साना सामन्ती राज्य रजौटालाई एकताको सूत्रमा बाँधेर सबल र एकीकृत राज्य निर्माण गर्नु तत्कालीन आवश्यकता भएको र त्यस ऐतिहासिक कार्यलाई पृथ्वीनाराण शाहले सम्पन्न गर्नुभएको राष्ट्रपति भण्डारीको भनाइ छ ।
समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले सन् २०१८ को पर्यटन पुरस्कार चन्द्रागिरि हिल्सलाई प्रदान गर्ने घोषणा गर्दै चन्द्रागिरि हिल्सले केवलकारको निर्माणसँगै सांस्कृतिक र धार्मिक पर्यटनको समेत विकास गर्नु आफैँमा सकारात्मक काम हो भन्नुभयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत नेकपा (माओवादी) नेता नाराणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वअर्थमन्त्री डा रामशरण महत, राजपाका नेता शरत्सिंह भण्डारी, सभासद्हरु सुवाससिंह ठकुरी, विनोद श्रेष्ठ, प्रेमबहादुर सिंहलगायतले मुलुकको आर्थिक विकासमा जोड दिनुभयो ।
हाल चन्द्रागिरि पर्वतमा केवलकार निर्माण भई सञ्चालनमा रहेको छ । पृथ्वीनारायण शाहले त्यस समयमा उपत्यका जित्ने शक्ति प्राप्त होस् भनी कामना गर्नुभएको स्थानमा भालेश्वर महादेव मन्दिर निर्माणसमेत भएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोही परिसरमा सुविधा सम्पन्न र अन्तर्राष्ट्रियस्तरको होटल निर्माण गर्न लागिएको बताउनुभयो । अध्यक्ष ढकालका अनुसार प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, जिप फ्लाएर लगायतका अन्य साहसिक पर्यटकीय कार्य सञ्चालन गर्ने योजना रहेको छ । अहिले चन्द्रागिरिमा २५० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता