काठमाडौँ, ८ असोज (रासस) – खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले एक हजार ६०० मिटर मात्रै सुरुङ खन्न बाँकी रहेकाले केही महिनाभित्रै मेलम्चीको पानी राजधानी आउने विश्वास दिलाउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले किसुनजीले देख्नुभएको मेलम्चीको पानी राजधानी ल्याउने सपना विपनाको नजिक पुगेको बताउनुभयो ।
यसअघि सरकारले तीन पटक सार्दै आएको मितिअनुसार २०७४ सालको बडा दशैँमा पानी आउने उल्लेख थियो । “मेलम्चीका विषयमा विगतमा जे हल्ला र भ्रम थियो, अब त्यो हटेको छ, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राष्ट्रिय गौरवको मेलम्ची आयोजनाका लागि बजेट अभाव हुन दिन्नौँ भन्नुभएको छ, सुरुङ निर्माणमा तीन समूहमा काम भइरहेको छ”, मन्त्री यादवले भन्नुभयो ।
मुलुकमै ठूलो आयोजना भएकाले पानी आउन १५ दिन वा एक महिना ढिला भए पनि आपत्ति मान्नु नहुने उहाँको भनाइ थियो ।
मन्त्री यादवले असोज २ गते भएको प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीले पाएको मत सन्तोषजनक नभएको गुनासो गर्नुभयो । पार्टीभित्रको आन्तरिक कारण र व्यवस्थापकीय कमजोरीका कारण भनेजस्तो परिणाम ल्याउन नसकेको उहाँले सुनाउनुभयो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]