
जनकपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा राष्ट्रिय जनता पार्टी नेपालका लालकिशोर साह र रिता झा विजयी भएपछि मतदातालाई धन्यवाद दिँदै । तस्बिर ः किरणकुमार कर्ण, जनकपुर, रासस
काठमाडौँ, ८ असोज (रासस) – यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आइतबार ४ बजेसम्म १२९ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र ‘जेइओसी’ बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३७, नेकपा एमाले १७, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २४, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपाल एक स्थानमा विजयी हुनुभएको छ ।
यसैगरी, जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २२३ वडाको मतगणना कार्य सम्पन्न भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । अब सात स्थानीय तह र ४८ वडाको निर्वाचन परिणाम आउन बाँकी छ । असोज २ गते १३६ स्थानीय तहका एक हजार २७१ वडाका लागि निर्वाचन भएको थियो ।
आयोगका अनुसार, सिराह, महोत्तरी र सर्लाहीका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सप्तरीको राजविराज नगरपालिका, धनुषाको सबैला नगरपालिका, रौतहटको गरुडा नगरपालिका, बाराको कलैया उपमहानगरपालिका, कोल्हवी नगरपालिका र बारागढी गाउँपालिका तथा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा मतगणना कार्य जारी छ । बाँकी स्थानीय तहको मतगणना कार्यलाई छिटो सम्पन्न गर्ने गरी गणना कार्य भइरहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला