
जलेश्वर नगरपालिकाको प्रमुख र उप प्रमुखमा राजपा नेपालका रामशङ्कर मिश्र र मुनचुनदेवी महतो विजयी । तस्बिर ः धनवीर महतो, महोत्तरी, रासस
काठमाडौँ, ७ असोज (रासस) – यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १०० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ११ बजे प्राप्त विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस ३२, नेकपा (एमाले) ११, नेकपा (माओवादी केन्द्र) १८, राष्ट्रिय जनता पार्टी नेपाल १५, संघीय समाजवादी फोरम नेपाल १९, नेपाल लोकतान्त्रिक फोरम तीन, नयाँ शक्ति पार्टी नेपाल एक र नेपाली जनता दलका उम्मेदवार एक स्थानीय तहमा विजयी हुनुभएको छ ।
यसैगरी, अहिलेसम्म एक हजार नौ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको आयोगले जनाएको छ ।
मतगणना बाँकी रहेका ३६ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी छ ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा