
काठमाडौँ, ६ असोज (रासस) – यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ६९ तहको मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र बाट आज साँझ ६ः०० बजे प्राप्त विवरणअनुसार स्थानीय तहका प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस २४, नेकपा (माओवादी केन्द्र्र र संघीय समाजवादी फोरम नेपाल १३–१३, नेकपा एमाले र राष्ट्रिय जनता पार्टी नेपाल आठ, नेपाल लोकतान्त्रिक फोरम दुई र नेपाली जनता दलका उम्मेदवार एक स्थानीय तहमा विजयी हुनुभएको छ ।
यसैगरी अहिलेसम्म ९०७ वडाको अन्तिम मत परिणाम प्राप्त भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । मतगणना बाँकी रहेका ६७ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना शान्तिपूर्णरूपमा जारी छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा