
लन्डन । बेलायत सरकारले यहांका बैंकहरुलाई आप्रवासीको अध्यागमन स्टाटस जांच गर्न सक्ने अधिकार दिने भएको छ । आगामी जनवरीदेखि बैंक तथा बिल्डिङ सोसाइटीहरुले ७० मिलियन चालु बैंक खाता जांच गर्ने भएका छन् । प्रधानमन्त्री टेरेजा मेको गैर कानुनी आप्रवासीलाई कडाइ गर्ने नीतिकै एक हिस्सा स्वरुप बैंकहरुलाई यस्तो अधिकार दिइएको गार्डियन पत्रिकाले जनाएको छ ।
अध्यागमन ऐन २०१६ अन्तर्गत यस्तो कडाइ गर्न लागिएको हो । यसअघि यही ऐनमार्फत गैर कानुनी आप्रवासीलाई घर भाडामा राखे घरधनीलाई ठूलो जरिवाना तिराउने र सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि रद्द हुने क्रम शुरु भइसकेको छ ।
बेलायतको गृह मन्त्रालय (होम अफिस) ले जांचको पहिलो वर्षमा भिजा सकिए पनि लुकेर बसेका, शरणार्थीको निवेदन दिएर असफल भएका आप्रवासी र डिपोर्टेसनको सजाय खेपेका अन्तर्राष्ट्रिय अपराधीहरु गरि ६ हजार जनाको पहिचान गर्ने अपेक्षा लिएको छ । त्रैमासिक रुपमा बैंकहरुले यस्तो जांच गर्नेछन् ।
गैर कानुनी बसेको पाइए त्यस्ता आप्रवासीको बैंक खाता रोक्का गरिनेछ ।
बैंक खाता रोक्का गर्दा गैर कानुनी बसेका आप्रवासीलाई स्वदेश फिर्तीमा सहयोग पुग्ने अपेक्षा अधिकारीहरुले गरेका छन् ।
होम अफिसका प्रवक्ताले कानुनी बेलायत बसेकाको हितका लागि नयां अध्यागमन प्रणाली ल्याउन लागिएको जनाउंदै समाजका हरेकले गैर कानुनी आप्रवासी रोक्न भूमिका निर्वाह गर्न सक्ने बताए ।
गत वर्ष डिसेम्बर ०१६ मा संसदले यस ऐन पारित गरेको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने