
पोखरा लेखनाथ महानगरपालिकालाई नेपालको पहिलो स्मार्ट सिटी बनाउन पोखरा र न्यू आई.टी. भेन्चर कर्पोरेसनबीच सम्झौता समारोहमा मेयर मान बहादुर जिसी लगायतका अथितिहरु । तस्वीर ः हरि बास्तोला, पोखरा, रासस
पोखरा, ४ असोज (रासस) – विश्वप्रसिद्ध पर्यटकीय नगरीका रुपमा स्थापित पोखरालाई मुलुककै पहिलो स्मार्ट सिटीका रुपमा विकास गरिने भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका र आइटीभेन्चर कर्पोरेसनबीच आज भएको समझदारीअनुसार सार्वजनिक र व्यक्तिगत साझेदारी (पिपिपी) अवधारणाअन्तर्गत पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गरिने भएको हो ।
पोखरामा आज आयोजित एक कार्यक्रमकाबीच पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल र न्यू आइटी भेन्चरका तर्फबाट कार्यकारी सञ्चालक तादासी मोरीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
‘छरितो शहर हाम्रो अभियान, एनआइटिभीको सहयोगलाई हार्दिक सम्मान’ भन्ने मुख्य लक्ष्यका साथ भएको सम्झौतामा पोखरामा पर्यटन आगमन बढाउन र स्थानीय सुरक्षाको प्रत्याभूतिका लागि सूचना तथा संचार प्रविधिको भरपुर उपयोग गरिने उल्लेख छ ।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको विकासमा सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै यसमा नगरवासीको महत्वपूर्ण सहयोगको अपेक्षा गर्नुभयो ।
न्यू आइटी भेन्चरका कार्यकारी संचालक दातासी मोरीले पोखराको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् तथा गरिबी निवारण र मानवअधिकारलाई लच्छित गरी दुई वर्षभित्र गुरुयोजना तयार गरिने बताउनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता