
संयुक्त राष्ट्र संघको ७२ औँ महासभा अन्तर्गत उच्चस्तरिय बैठकमा भाग लिंदै उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा । तस्वीर ः उपप्रधानमन्त्रीको नीजि सचिवालय- रासस
काठमाडौँ, ३ असोज (रासस) – नेपालले संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा प्रस्तुत गरिएको यौन शोषण तथा दुव्र्यवहार रोक्ने शर्तमा सहमति जनाएको छ ।
महासभाको उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटरेजले गर्नुभएको उक्त शर्तसम्बन्धी प्रस्तावमा उपप्रधान तथा पराराष्ट्रमन्त्री कृष्णबहादुर महराले समर्थन जनाउनुभएको हो ।
राष्ट्र संघअन्तर्गत विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनार्थ प्रहरी पठाउने मुलुकले उक्त शर्तमा स्वयंसेवी भएर सहयोग गर्नेछ । उक्त शर्तले संयुक्त राष्ट्रसंघको मान्यतामा रहेका सदस्य मुलुकले यौन शोषण तथा दुव्र्यवहार रोक्न सहयोग गर्नुपर्ने विषयलाई जोड दिएको छ ।
महासभाकै अवसरमा नेपालले उच्चस्तरीय कार्यक्रममा समेत सहभागिता जनाएको छ । सो अवसरमा उपप्रधान तथा पराराष्ट्रमन्त्री महराले राष्ट्र संघको सुरक्षा परिषद्ले आयोजना गरेको शान्ति स्थापनार्थ सञ्चालन गरिएका कार्यक्रमको सुधारसम्बन्धी उच्चस्तरीय बहस तथा पानीका लागि दिगो विकासलगायतका उच्चस्तरीय बैठकमा भाग लिनुभएको उपप्रधानमन्त्रीका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछानेले जानकारी दिनुभयो ।
दक्षिणी एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को मन्त्रीस्तरीय बैठकको उहाँले अध्यक्षता गर्नुहुनेछ भने असंलग्न आन्दोलन (जि७७), चीन, अतिकम विकसित मुलुक तथा भूपरिवेष्ठित विकाशील मुलुकको बैठकमा पनि उहाँले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।
महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा आजै न्यूयोर्क प्रस्थान गर्नुभएको छ । उपप्रधानमन्त्री महरा महासभाको विभिन्न बैठकमा भाग लिन दुईदिन अघि नै न्यूयोर्क पुगिसक्नुभएको छ ।
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने