
राष्ट्रपति विद्यादेवी भण्डारी संविधान दिवस एवम् राष्ट्रिय दिवसको उपलक्ष्यमा राष्ट्रपति कार्यालयमा मंगलबार साँझ आयोजित सांस्कृतिक कार्यक्रम पछि सम्बोधन गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडाँै, ३ असोज (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै तहको निर्वाचनपश्चात जनआकांक्षा अनुरुप मुलुकको सर्वतोमुखी सामाजिक आर्थिक विकासलाई केन्द्रबिन्दुमा राखी अघि बढ्न सरकार, सबै राजनीतिक दल र आमजनता समक्ष आह्वान गर्नुभएको छ ।
तेस्रो संविधान दिवसका अवसरमा आज साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित सांस्कृतिक कार्यक्रम तथा जलपान समारोहमा उहाँले संविधानले राजनीतिक संक्रमण समाप्त गर्नुका साथै लोकतन्त्रको संस्थागत विकासका लागि मार्गचित्रण प्रदान गरेको बताउनुभयो ।
राष्ट्रपति भण्डरीले लोकतन्त्र, वाक स्वतन्त्रता, मौलिक हक, जनतामा निहित सार्वभौमसत्ता, मानवअधिकार र सामाजिक न्यायसहितको दु्रत तथा आर्थिक सामाजिक रुपान्तरणका लागि नेपाली जनाताको आकांक्षा र अथक संघर्षको प्रतिफलका रुपमा नेपालको संविधान रहेको उल्लेख गर्दै समाजवाद उन्मुख अर्थ व्यवस्था निर्माण गरी समृद्ध नेपाल र सुखी नेपाली बनाउने संविधानको भावना र मर्म कार्यान्यन गर्न हरेक नेपाली अग्रसर भएको बताउनुभयो ।
कार्यक्रममा उपराष्ट्रपति, कावा प्रधानमन्त्री, कामु प्रधान्यायाधीश, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि र उच्च पदस्थ व्यक्तित्वको सहभागिता थियो ।
सो अवसरमा नेपाल सांस्कृतिक संस्थानका कलाकारले विभिन्न जातजातिका नृत्य प्रस्तुत गरेका थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक