अल्डरसट । अल्डरसटस्थित शिव कल्चरल कम्युनिटी सेन्टरमा विश्वकर्मा पूजा गरिएको छ । सेन्टरका उपाध्यक्ष क्याप्टेन (रि) गोपाल विश्वकर्माको अगुवाइमा शनिबार पूजा गरिएको हो ।
शिव मन्दिर परिसरमा स्थानीय विश्वकर्मा समाज यूकेको व्यवस्थापनमा के रसाइलीले पूजाअर्चना गरे । पूजामा स्थानीय १५ घर परिवारका सदस्यहरु, मन्दिर अध्यक्ष रोहित गुरुङ, ग्रेटर रसमुर नेपलिज कम्युनिटीका अध्यक्ष जिब बेल्बासे, सेन्टरका कल्चरल सेक्रेटेरी विक्रम भट्टराई, भूपू अध्यक्ष प्रकाश राउत, ट्रष्टी पुरन गिरी, कमल ठकुरी लगायत सहभागी थिए । सहभागीबीच दशैं शुभकामना समेत आदानप्रदान भएको थियो । अध्यक्ष गुरुङले विश्वकर्मा पूजा मन्दिरको क्यालेन्डरमा राखिने बताए ।
कार्यक्रममा ग्रेटर रसमुर नेपलिज कम्युनिटीका अध्यक्ष बेल्वासेले मौलिक चाड पर्वबाट आफ्नो पहिचान झल्कने बताए । शिव कल्चरल सेन्टरका कल्चरल सेक्रेटेरी भट्टराईले यस वर्ष पनि दशैं पूजा हुन गइरहेको जनाउंदै पूजा अर्चनाका निम्ति आउन सबैलाई अनुरोध गरे ।
शिव कल्चरल सेन्टरका उपाध्यक्ष विश्वकर्माले हरेक वर्ष गरिने विश्वकर्मा पूजा विशेष गरी औजार, खुडा, खुकुरी, मसिन, गाडी, कल कारखाना, लरी, ट्याक्सी जस्ता इन्जिनियरिङ साधनको प्रयोगमा चोट पटक नलागोस् र दुर्घटनाबाट बंच्न सकियोस् भन्ने अभिप्रायले गरिने जनाए ।
विश्वकर्मा समाज यूकेका अध्यक्षले मन्दिरका अध्यक्ष र कार्यकारिणी सदस्यहरुलाई खादा लगाइ मन्दिर निर्माण र प्रवर्धनमा समाजका तर्फबाट सक्दो सहयोग हुने बताए ।
सेन्टरका भूपू अध्यक्ष प्रकाश राउतले मन्दिर सबैको गरिमा भएको र मन्दिर परिसरमा अनुशासित भइ कार्य गर्न गराउन सुझाव दिए ।
पूजा अर्चना गणेशको आराधनाबाट सुरु गरि विश्वकर्माको पूजा पाठ र आरतीपछि सम्पन्न गरिएको थियो ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ