काठमाडौँ, ३ असोज (रासस) – नेपालको संविधान दिवसका अवसरमा छिमेकी मुलुक भारत, चीनलगायत देशले शुभकामना सन्देश पठाई संविधानको सफलताको शुभकामना व्यक्त गरेका छन् ।
सो अवसरमा भारतका राष्ट्रपति श्रीरामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउनुभएको छ । आफ्नो शुभकामना सन्देशमा भारतीय राष्ट्रपति कोविन्दले नेपाल र भारतबीच अनुपम बहुआयामिक सम्बन्ध रहिआएको र त्यो सांस्कृतिक सम्बन्धसँग जोडिएको बताउनुभएको छ ।
त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीको सन्देशमा दुई देशबीच लामो समयदेखि जनस्तरको गहिरो सम्बन्ध रहेको बताउँदै नेपालको स्थायित्व, शान्ति र समृद्धिका पक्षमा भारत सधैँ रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यसैगरी चीनका राष्ट्रपति सि चीन फिङ र प्रधानमन्त्री लि छख्याङले संविधान दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीका नाममा छुट्टाछुट्टै शुभकामना सन्देश पठाई यस अवसरमा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुरयाउन मद्दत पुगोस् भनी कामना गर्नुभएको छ ।
त्यसैगरी माल्दिभ्सका राष्ट्रपति अबदुल्ला यामिन अबदुलले आफ्ना समकक्षीसमक्ष शुभकामना सन्देश पठाउँदै यस अवसरमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जापानी सम्राट् अकिहितोले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना सन्देश पठाई नेपाली जनताको खुशी र समृद्धिको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला