लन्डन । चितवनका चेपाङ बालबालिकाको रेखदेख गरिरहेको लक्ष्मी प्रतिष्ठानलाई बेलायतबाट ३ लाख ३८ हजार ७५० रुपैयां सहयोग प्रदान गरिएको छ ।
बेलायतस्थित अल्डरसटमा व्यापारी अजेयराज सुमार्गीको जीवनमा आधारित पुस्तक ‘अजेयराज सुमार्गी’ एवं अस्मिता सुमार्गीद्वारा लिखित पुस्तकहरु ‘अस्मिताका अक्षरहरु’, ‘अनुभव र अनुभूति’ र ‘अस्मिता’ नामक गीति एल्बम विमोचन समारोहमा पुस्तक विक्रीबाट संकलित रकम नेपाल पठाइएको प्रतिष्ठानका युरोप संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
पुस्तक विक्रीबाहेक थाहा प्रतिष्ठान नेपालले पनि प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको थियो ।
लक्ष्मी प्रतिष्ठानले चितवनको राप्ती नगरपालिका १३ कान्दाका अति सिमान्तकृत १७५ जना चेपाङ बालबालिकालाई आवासीय विद्यालय स्थापना गरि पठनपाठन र रेखदेख गरिरहेको छ ।
सुमार्गी दम्पत्तिको कृति विमोचन कार्यक्रममा नेपालबाट आएका सांसदहरु रामनारायण बिडारी, कर्णबहादुर थापा, भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोली, गैर आवासीय भारतीयहरुको संस्था एनआरआइ बेलायतका अशोक बर्मा, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल, ‘अजेयराज सुमार्गी’ पुस्तकका लेखक निर्मलकुमार थापा आदिले शुभकामनासहित मन्तव्य दिएका थिए ।
करिब ६ सय सहभागी कार्यक्रममा ८० प्रतिशत वृद्धवृद्धा भूपू गोर्खा सहभागी थिए । हल सजावटको बेग्लै तामझाम थियो । रात्रीभोजसहित पेय पदार्थ निशुल्क गरिएकाले धेरैले दशैं मानेको अनुभूति गरिरहेका थिए ।
सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा भारतीय नेता जोलीले नेपाल हिन्दू राज्य हुनुपर्छ भनेपछि केहीबेर होहल्ला समेत भएको थियो ।
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]