लन्डन । चितवनका चेपाङ बालबालिकाको रेखदेख गरिरहेको लक्ष्मी प्रतिष्ठानलाई बेलायतबाट ३ लाख ३८ हजार ७५० रुपैयां सहयोग प्रदान गरिएको छ ।
बेलायतस्थित अल्डरसटमा व्यापारी अजेयराज सुमार्गीको जीवनमा आधारित पुस्तक ‘अजेयराज सुमार्गी’ एवं अस्मिता सुमार्गीद्वारा लिखित पुस्तकहरु ‘अस्मिताका अक्षरहरु’, ‘अनुभव र अनुभूति’ र ‘अस्मिता’ नामक गीति एल्बम विमोचन समारोहमा पुस्तक विक्रीबाट संकलित रकम नेपाल पठाइएको प्रतिष्ठानका युरोप संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
पुस्तक विक्रीबाहेक थाहा प्रतिष्ठान नेपालले पनि प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको थियो ।
लक्ष्मी प्रतिष्ठानले चितवनको राप्ती नगरपालिका १३ कान्दाका अति सिमान्तकृत १७५ जना चेपाङ बालबालिकालाई आवासीय विद्यालय स्थापना गरि पठनपाठन र रेखदेख गरिरहेको छ ।
सुमार्गी दम्पत्तिको कृति विमोचन कार्यक्रममा नेपालबाट आएका सांसदहरु रामनारायण बिडारी, कर्णबहादुर थापा, भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोली, गैर आवासीय भारतीयहरुको संस्था एनआरआइ बेलायतका अशोक बर्मा, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल, ‘अजेयराज सुमार्गी’ पुस्तकका लेखक निर्मलकुमार थापा आदिले शुभकामनासहित मन्तव्य दिएका थिए ।
करिब ६ सय सहभागी कार्यक्रममा ८० प्रतिशत वृद्धवृद्धा भूपू गोर्खा सहभागी थिए । हल सजावटको बेग्लै तामझाम थियो । रात्रीभोजसहित पेय पदार्थ निशुल्क गरिएकाले धेरैले दशैं मानेको अनुभूति गरिरहेका थिए ।
सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा भारतीय नेता जोलीले नेपाल हिन्दू राज्य हुनुपर्छ भनेपछि केहीबेर होहल्ला समेत भएको थियो ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ