
सर्लाहीको मलंगवामा बिहीबार आयोजित चुनावीसभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरु । तस्वीर ः रोशन सापकोटा, रासस
जनकपुरधाम, २८ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन काँगे्रसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गर्नुभएको छ ।
जनकपुरधाममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेस पार्टी मधेशी जनताको भावनाको कदर र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छ भन्नुभयो । प्रधानमन्त्री देउवाले अरु ठूला दलले मधेशी जनताको भावनामाथि कुठाराघात गर्ने क्रियाकलाप गरेको पाइएको बताउँदै काँग्रेसले जित्यो भने मात्रै मधेशको मुद्दाको सम्बोधन हुने दाबी गर्नुभयो ।
मिलेको समाजमा झगडा र वैमनश्यता उत्पन्न गर्ने काममा कतिपय दल देखापरेको उहाँले उल्लेख गर्नुभयो र नेपालीमाझ एक आपसमा सौहार्दता बनाइराख्न काँगे्रसलाई अग्रस्थान दिलाउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले आफू भारत भ्रमणमा जाँदा भारतद्वारा निर्माण गरिएका बाँधका कारण मधेशमा बाढी र डुबानको समस्या हुने गरेको विषयमा ध्यानाकर्षण गराएको स्मरण गराउँदै मधेशमा बाढी र डुबानको समस्या सदाका लागि अन्त्य हुने किसिमले प्राधिकरण बनाउने पहल भइरहेको जानकारी दिनुभयो ।
जनकपुरको विकासका सन्दर्भमा भारतीय पक्ष जटही नाका खोल्न राजी भएको पनि उहाँले बताउनुभयो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाको राजनीति अन्त्य हुनु जरूरी भएको बताउनुभयो ।
महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले मधेश र नेपाली काँग्रेस पर्याय भएकाले मधेशमा काँग्रेसलाई पहिलो दल बनाउन आवश्यक छ भन्नुभयो ।
पूर्व महामन्त्रीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले कतिपय दलले पूर्व राजासँग साँठगाँठ गरी सङ्घीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेको बताउनुभयो ।
नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादवको अध्यक्षतामा भएको सो सभामा केन्द्रीय सदस्य बालकृष्ण खाँण, आनन्दप्रसाद ढुंगाना, प्रदीप गिरि, महेन्द्र यादव, रामकृष्ण यादव, सांसदहरू लीला कोइराला, चन्द्रमोहन यादव र प्रेमकिशोर साहले पनि सम्बोधन गर्नुभएको थियो ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित