
लन्डन । गैर आवासीय नेपाली संघको लेटरहेड प्रयोग गरेर सचिवालयबाट सम्प्रेषित एउटा पत्रबारे एनआरएनए केन्द्रिय पदाधिकारीले आपत्ति जनाएका छन् । १५ नोभेम्बरको मितिमा विना हस्ताक्षर, व्यक्तिलाई विना सम्वोधन गरि जारी गरिएको एउटा पत्रबारे एनआरएनए आइसीसी उपाध्यक्ष टिवी कार्की, महासचिव कुमार पन्त र कोषाध्यक्ष डा. बद्री केसीले अनभिज्ञता प्रकट गर्दै उनीहरुले अध्यक्ष शेष घलेले एक्लै त्यो पत्र जारी गर्ने निर्णय गरेको भए त्यसको भत्सर्ना गरिने बताएका छन् ।
‘हामीलाई त्यो पत्रबारे केही थाहा छैन्’, तीन वरिष्ठ पदाधिकारीसंग भएको टेलिफोन संवाद उधृत गर्दै एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेलले वीनेपालीसंग भनेका छन्, ‘उहांहरुले हामी यसको आधिकारिकताबारे बुझ्ने भन्नु भएको छ । मलाई पनि कुनै आधिकारिक पत्र, फोन वा इमेल आएको छैन् ।’
एनआरएनए सचिवालयबाट जारी पत्रमा एनआरएनए यूके विवाद छिनोफानो गर्न एउटा तीन सदस्यीय समिति बनाइएको व्यहोरासहित समितिको निर्णय नआइन्जेल योगेन क्षेत्रीलाई अध्यक्ष मान्न निर्देशन दिइएको छ ।
१८ अक्टोबरमा एनआरएनए यूके विवाद छिनोफानो गर्न एउटा तीन सदस्यीय समिति बनाइएको थियो । समितिले छानवीन शुरु नगर्दै योगेन क्षेत्रीलाई अध्यक्ष बन्न अध्यक्ष शेष घलेले एकतर्फी निर्देशन दिएको भन्दै कतिपय पदाधिकारीको रोष छ । घलेले पूर्व अध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई काउन्टर दिन पछिल्लो कदम चालेको भन्दै आलोचना समेत भएको छ । स्मरणरहोस्, लामिछाने र महतोले सहमति अनुरुप कंडेलले नै नेतृत्व सम्हाल्नुपर्ने बताउंदै आएका छन् ।
अध्यक्ष कंडेलले आइतबार तय गरिएको संस्थाको कार्यालय उद्घाटन कार्यक्रम नरोकिने बताएका छन् । उक्त कार्यक्रममा एनआरएनए यूके प्रमुख संरक्षक डा. सूर्य सुवेदी लगायतले सम्वोधन गर्ने कार्यक्रम छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला