
नुवाकोटको शिवपुरी गापा–७ सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना ग्रस्त बस । काठमाडौबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा१ख ६३४८ न को बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु र ३० जना घाइते भएका छन् । तस्वीर ः रामहरि न्यौपाने, नुवाकोट, रासस
नुवाकोट, २४ भदौ । काठमाडाँैबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ३० जना घाइते भएका छन् । घाइते अधिकांशको अवस्था गम्भीर छ । दुर्घटनामा परी विदुर नगरपालिका–९ का २१ वर्षीय शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।
त्यस्तै, लालबहादुर तामाङ र उजेली मिजारको उपचारका क्रममा काठमाडाँैस्थित ग्रीनसिटी अस्पताल तथा सबिना तामाङको विपी स्मृति अस्पताल, बसुन्धरामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको उमेर र ठेगाना खुल्न बाँकी छ ।
दुर्घटनामा घाइते भएका ३० जनाको राजधानीको ग्रीनसिटी, ग्राण्डी, बिपी स्मृतीलगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठानाभञ्ज्याङ स्थित लो–टोलमा घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको उक्त बस सडकबाट करिब ३५० मिटर तल पुगेको थियो ।
बस दुर्घटनाबाट स्थानीय सीता तामाङको दुईतले घर पूर्णरुपमा क्षति भएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार