
काठमाडौँ, २४ भदौ । स्थानीय तहको तेस्रो चरणमा आगामी असोज २ गते हुने प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा उम्मदवारी दिने उम्मेदवारलाई शान्तिपूर्ण र व्यवस्थित ढंगबाट चुनाव चिह्न प्रदान गरिएको छ ।
प्रत्येक जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट शान्तिपूर्ण वातावरणमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको छ भने अन्य दल र स्वतन्त्रले भने आयोगले निर्धारण गरेको चुनाव चिह्न प्राप्त गरेका छन् ।
निर्वाचन कार्यक्रमअनुसार आज बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यसूची रहेको थियो ।
निर्वाचन चिह्नप्राप्त गरेसँगै उम्मेदवारलाई प्रचारप्रसारका लागि मार्गप्रशस्त भएको छ । कतिपय उम्मेदवार निर्वाचन चिह्न पाएलगत्तै घरदैलो र प्रचारप्रसारमा जुटिसकेका छन् । तेस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएसँगै संविधान कार्यान्वयनको एउटा चरण पूरा हुनेछ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार ३७ हजारभन्दा बढीले स्थानीय तहको विभिन्न पदमा प्रतिस्पर्धा गर्दैछन् । स्थानीय तहमा उम्मेदवारी दर्ता गराएकामध्ये ५९१ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।
तेस्रोे चरणको स्थानीय तहको यस निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका गरी कूल छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार