
काठमाडौँ, २३ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा गणपूरक संख्या नपुगेपछि एकै दिनमा संसद् बैठक दुईपटक स्थगित भएको छ ।
सामाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको मधेशी आयोग विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्ताव परित गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भनी नियमापत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट घण्टी बजाएर सांसदको संख्या यकिन गर्न निर्देशन दिनुभएको थियो ।
तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या गणना गर्दासमेत गणपूरक संख्या सम्पूर्ण संख्याको एक चौथाइ अर्थात् १४८ जना सांसद हुनुपर्नेमा संख्या १३६ मात्र भएपछि सभामुख घर्तीले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । संसद्को बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा एक चौथाइ सदस्य संख्या अनिवार्य उपस्थित हुनुपर्ने संवैधानिक प्रावधान छ ।
त्यसपछि बसेको दोस्रो बैठकको शुरुमै पुनःसांसद सुवालले दोस्रो गणपूरक संख्याका बारेमा यकिन गर्न माग गर्दा सो बैठकमा १५७ सांसद उपस्थित देखिनुभएपछि बैठक सञ्चालन भएको थियो ।
त्यसपछिको सञ्चालन बैठकमा सामाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको थारु आयोग विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्ताव पारित गर्नेक्रममा सांसद प्रेम सुवालले पुनः तेस्रोपटक गणपूरक संख्या यकिन गर्न नियमापत्ति जनाउनुभएको थियो ।
त्यसपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या गणना गर्न निर्देशन दिनुभएको थियो । संख्या गणना गर्दा १२७ मात्र सांसद संख्या यकिन भएपछि सभामुख घर्तीले पुनः दोस्रोपटक १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।
दोस्रोपटक १५ मिनेटका लागि स्थगित बैठक बस्दै नबसी सूचना टाँस गरेर विशेष कारणबस भन्दै आगामी असोज ३ गते दिउँसो ३ः०० बजेसम्मका लागि स्थगित गरिएको छ ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना