
लन्डन । चलचित्र ‘कमलेको बिहे’ को रेड कार्पेट प्रिमियर शो गरिएको छ । गत आइतबार प्रिन्सेस हल अल्डरसटमा फिल्मको रेड कार्पेट प्रिमियर शो भएको हो । नेपलिज इन्टरटेन्मेन्ट र हेम गुरुङको आयोजना एवं शशी गुरुङको सहयोगमा प्रिमियर शो गरिएको आयोजकले जनाएका छन् ।
उक्त कार्यक्रममा नेपालबाट आएका नायक अनुपविक्रम शाहीको विशेष उपस्थिति थियो भने राजदूत डा. दुर्गाबहादुर सुवेदी, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, निर्देशक मिलन चाम्स, कोरियोग्राफर एवं निर्मात्री रिनासा बान्तवा राई, नव नायक धिरज राई, दूतावासका तृतीय सचिव भूपेन्द्र घिमिरे लगायत थिए । पुरै फिल्म हेरेपछि राजदूत सुवेदीले प्रसन्नता व्यक्त गर्दै नेपाली फिल्मको गुणस्तर बढिरहनु सुःखद भएको प्रतिक्रिया दिए ।
उक्त फिल्मको अर्को रेड कार्पेट प्रिमियर शो आगामी ८ सेप्टेम्बरका दिन हयारो बरो फुटबल क्लवमा हुने भएको छ ।
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण