काठमाडौँ, १६ भदौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता पालनामा कडा नीति अवलम्बन गर्ने बताउनुभएको छ ।
स्थानीय तहको आगामी असोज २ गते हुने निर्वाचनमा अनुगमनमा खटिने सरकारका सचिव एवं सहसचिवका लागि आयोजना गरिएको अभिमुखीकरणमा उहाँले भन्नुभयो, “आचारसंहिता पालनाविरुद्धको विषयमा शुन्य सहनशीलताको नीति अपनाइनेछ ।
उम्मेदवारबीच जसरी पनि निर्वाचन जित्ने मनसाय हुन्छ, अहिले राहतका नाममा आचारसंहिता उल्लंघनको घटना भइरहेका छन्, समन्वयको अभावले हुने कमीकमजोरीलाई हटाउनेतर्फ अनुगमनकर्ताले विशेष भूमिका निर्वाह गर्नुपर्छ – डा यादवले भन्नुभयो ।
आयुक्त सुधीरकुमार शाहले आयोग निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन तथा पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारबाटै सबैभन्दा बढी आचारसंहिताको उल्लंघनका घटना भएका छन्, संवैधानिक आयोगका रुपमा रहेको निर्वाचन आयोगलाई विभागसरहको रुपमा व्यवहार गरिएको छ, आचारसंहिताको पूर्ण पालना गरेर हुने निर्वाचनले मात्र गणतन्त्र र लोकतन्त्रको जग बलियो तुल्याउनेछ ।”
तेस्रो चरणमा हुने प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तह निर्वाचनका लागि आयोगले दुई सचिवसहित १८ जनालाई अनुगमनमा खटाएको हो । उहाँहरु यही भदौ १९ गतेदेखि कार्यस्थलमा खटिनु हुनेछ ।
रणनीति र संयन्त्रको विकास गरिएको छ – आयुक्त शाह
निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयुक्त सुधीरकुमार शाहले आचारसंहिता नैतिकता र मर्यादासँग जोडिएको प्रश्न भएकाले मर्यादा नमान्नेलाई कानूनी दायरामा ल्याइने बताउनुभयो ।
विगतमा आचारसंहिता पालना गराउन निर्वाचन आयोगबाट सशक्त र प्रभावकारी भूमिका हुन नसकेको स्वीकार गर्दै उहाँले अघिल्ला निर्वाचनमा पनि उपप्रधानमन्त्री र मन्त्रीलाई समेत आचारसंहितका बारेमा जानकारी माग गरिएको घटनाको स्मरण गराउनुभयो ।
निर्वाचन आचारसंहिता पालनका सम्बन्धमा पूर्वप्रधानमन्त्री माधव नेपालबाट लिखितरुपमा प्रस्तुत भएको प्रतिबद्धताप्रति आयोगका तर्फबाट आयुक्त शाहले आभार व्यक्त गर्नुभयो ।
पूर्वप्रमुख आयुक्तसँग परामर्श
यसैगरी प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा पूर्वप्रमुख निर्वाचन आयुक्तद्वय सूर्यप्रसाद श्रेष्ठ र नीलकण्ठ उप्रेतीसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतपत्रको विषयमा आज परामर्श गर्नुभएको छ ।
सो अवसरमा पूर्वप्रमुख निर्वाचन आयुक्तद्वयले छोटो समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले मतदातालाई सहज हुने किसिमले मत्रपत्रको डिजाइन गर्न आयोगलाई सुझाव दिनुभयो ।
भेटघाटमा आयोगका आयुक्त इला शर्मा र नरेन्द्र दाहाल तथा आयोगका सचिव शंकरप्रसाद अधिकारी उपस्थित हुनुहुन्थ्यो ।
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान जारी
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो