
काठमाडौँ, १४ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको प्रवलीकरणका लागि टेको लगाउन (स्काफोल्डिङ) शुरु गरेको छ ।
प्राधिकरणले वर्षा लागेसँगै सिंहदरबारको मूल भवनलाई पानीबाट बचाउन प्लाष्टिकको ओत लगाएको थियो । सिंहदरबारलाई प्रवलीकरण (रेट्रोफिटिङ) गर्ने निर्णय यसअघि नै भइसकेको छ । प्रवलीकरण गर्ने कामदार भित्र छिर्न सकियोस् भनी टेको लगाउन थालिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले राससलाई जानकारी दिनुभयो ।
भूकम्पपछि लामो समय सिंहदरबारलाई पुनःनिर्माण गर्ने कि प्रवलीकरण गर्ने भन्ने विवाद चलेको थियो । प्राधिकरण कार्यकारी समिति बैठकले अवलोकन गर्न सकिने तर कार्यालयका रुपमा प्रयोग नगर्ने गरी ऐतिहासिक भवनलाई सुरक्षित राख्न प्रवलीकरण गर्ने निर्णय गरेको थियो ।
राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६० मा निर्माण गरेको सिंहदरबार पछि सरकारले किनेको थियो । राणाकालमा ‘घरकाज अड्डा’ नामक संस्थाले यो दरबार बनाएको हो । विसं २०३० मा आगलागी भएपछि सिंहदरबारको पश्चिमी भागबाहेक अरु सबै भाग पुनःनिर्माण गरिएको हो । प्रवलीकरण सकेपछि सिंहदरबारलाई अवलोकनका लागि खुला गरिनेछ ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?