बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले स्थापनाको दशौँ वार्षिकोत्सव मनाएको छ । हाईवेकमस्थित रोयल एयरफोर्स क्याम्पमा आयोजना गरिएको समारोहलाई प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीद्वारा उद्घाटन गरिएको थियो । उक्त समारोहमा युनिभर्सिटी अफ लण्डनका प्रा.डा.माइकल हट र नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञासभा सदस्य प्राज्ञ शशी लुमुम्बूलाई विशेष अतिथिमा आमन्त्रण गरिएको थियो ।
कार्यक्रममा राजदूत सुवेदीले बेलायतमा नेपालीहरूको भाषा र साहित्यप्रतिको चासो र प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले अभिव्यक्ति सृंखलाका स्रष्टा डा.रूपक श्रेष्ठलाई बधाई दिए । यस्तै युवा कवि तथा चित्रकार पियुस गुरूङको कविता लेखन र चित्रकारिताको प्रसंशा गरेका थिए । पियुसजस्ता युवाहरूको सृजनाले नेपाली समाजको पुस्तान्तर कम गर्न ठूलो मद्दत पुग्ने विश्वास उनले ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि प्राज्ञ शशी लुमुम्बूले प्रतिष्ठानले नेपाली साहित्य र संगीतमा गरेको योगदानको महत्व रहेको बताए । नेपालमा वर्षेनी पुरस्कार र सम्मान वितरण कार्यक्रमले सष्ट्राहरूको उच्च मूल्याङ्कन गरेको उनको भनाइ थियो ।
समारोह भब्य र ब्यवस्थित गर्नको लागि कार्यक्रम तीन चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा संस्थाद्वारा प्रकाशित ‘एक दशक’ स्मारिका विमोचन र युवा चित्रकार पियुस गुरूङको एकल चित्रकला प्रदर्शनीको अनावरण गरिएको थियो । विशेष अतिथि प्राज्ञ शशी लुमुम्बूलाई मानार्थ सदस्यको सम्मानपत्रद्वारा सम्मानित गरियो । साथै युवा चित्रकार पियुस गुरूङलाई पनि सम्मानित गरिएको थियो ।
दोश्रो खण्डमा अभिव्यक्ति सृंखला भाग दशका लागि कवि डा. रूपक श्रेष्ठको प्रस्तुति थियो । कवि श्रेष्ठले तीन दर्जन मुक्तक, कविता र गजलहरू प्रस्तुत गरेका थिए । उनको मुक्तक र कविताहरूबारे प्रा.डा.माइकल हटले टिप्पणी गरेका थिए । प्रस्तुत सृजनाहरू विम्व, प्रतीक र विषयहरूको विविधता रहेको उनको भनाइ थियो । कवि श्रेष्ठका रचनाहरू परिवर्तनकारी भएको र केही यथार्थवादी पनि रहेको उनको तर्क थियो । डा. हटले आफ्ना भनाइ राख्ने क्रममा कवि श्रेष्ठका केही रचनाहरू वाचन गरेका थिए ।
एकल वाचनको बिचबिचमा सञ्चालिका अन्जु अन्जलीसंग सृजनात्मक सम्वाद गरेका थिए । कवि श्रेष्ठको रचना रहेको गीत श्रेया श्रेष्ठले गाएकी थिइन् ।
कार्यक्रमको तेश्रो खण्डमा कविहरूले आ–आफ्नो रचना वाचन गरे । अध्यक्ष दयाकृष्ण राईले प्रतिष्ठान स्थापनाको दश वर्षको अवधिमा संस्थाले गरेका कार्यहरू प्रष्ट्याएका थिए । बेलायतमा नेपाली भाषा पठनपाठनको लागि गरिएको पहल, प्रत्येक वर्ष एकजना स्रष्ट्रालाई अभिव्यक्ति सृंखलामा मञ्च प्रदान गरिदै आएको र कलाकारहरूको एकल सांगीतिक प्रस्तुतिहरू आयोजना गरिदै आएको राईले स्मरण गराए । प्रतिष्ठान आफ्नै पनि स्रष्ट्राहरूको थलो भएकाले बिभिन्न समयमा स्रष्ट्राहरूको सृजनाको उच्च मूल्याङ्कन गरी कृति प्रकाशन गर्दै आइरहेको पनि उनले बताए । नेपालमा पुरस्कार र सम्मान वितरण र छनौट प्रकृया सम्बन्धमा पनि अध्यक्ष राईले संस्थाको धारणा स्पष्ट पारेका थिए । कार्यक्रममा उपाध्यक्ष गणेश राईले स्वागत मन्तब्य दिए ।
कार्यक्रमको पहिलो खण्ड महासचिव मिजास तेम्बेले सञ्चालन गरेका थिए । समय अभावले अन्तिम खण्डको कार्यक्रम हतारमा समापन गरिएको थियो ।
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन