
पत्रकार हरिबहादुर थापाद्धारा लिखित ‘रजगज’ नामक पुस्तकको मंगलबार काठमाडौँमा विमोचन गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्की साथमा सांसद राधेश्याम अधिकारीलगायत । तस्वीर ः सिवी अधिकारी रासस
काठमाडौँ, १३ भदौ । कान्तिपुर आवद्ध पत्रकार हरिबहादुर थापाद्वारा लिखित ‘रजगज’ नामक पुस्तक बजारमा आएको छ । राजनीतिक दल, दरबार, अदालत र अख्तियारभित्रका भ्रष्टाचार उजागर गरिएको पुस्तकलाई पत्रकार थापाले निकै सरल र सटिक रुपमा प्रस्तुत गर्नुभएको छ ।
जम्मा ३५४ पृष्ठको पुस्तकमा नौ विषयसूची क्रमशः दरबारिया दाउ, जाँचबुजको कर्मकाण्ड, पञ्चायतकालीन काण्ड, भ्रष्टाचारको मुहान, भ्रष्टाचारी मन्त्रीहरु, अर्थलोलुप कर्मचारीतन्त्र, बद्नियतको शृङ्खला, समानान्तर सत्ता र फितलो कार्यान्वयन रहेको छ ।
उक्त पुस्तकको आज एक कार्यक्रममा विमोचन गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भ्रष्टाचारको विविध पाटोलाई छर्लङ्ग पारिएको पुस्तक भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेज हुने बताउनुभयो ।
उहाँले मुलुकमा व्याप्त भ्रष्टाचारलाई निमूर्ल गर्न अभियान नै चलाउन जरुरी भएको उल्लेख गर्नुभयो । “भ्रष्टाचार अति भइसक्यो, यसले देशलाई बर्बादीतर्फ लगिरहेको छ, ‘एकथरि सोरेर खाने अर्कोथरी नाङ्गिएर बाच्नुपर्ने’ अवस्था रहेकाले अब, भ्रष्टाचारविरुद्ध अभियान नै चलाउनुपर्छ,”–पूर्व प्रधानन्यायाधीश कार्कीले भन्नुभयो ।
उहाँले राजनीतिदेखि न्यायालयसम्म भ्रष्टाचार मौलाउँदै गएको र यसमा पढे लेखेका समुदाय र नागरिक समाजले डटेर विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद राधेश्याम अधिकारीले २०४६ देखि २०७३ सालसम्मको राजनीतिक कालखण्डको ऐतिहासिक दस्तावेजलाई उल्लेख गरिएको पुस्तक पारदर्शिता, भ्रष्टाचारविरुद्धको अभियानमा संलग्न संस्थाको सन्दर्भ सामग्री बन्ने सङ्ग्रहणीय पुस्तक हो भन्नुभयो ।
पुस्तकले राजनीतिक दल, संसद, अदालत र अख्तियारको कमीकमजोरी र वेतिथिलाई सान्दर्भिक रुपमा औंल्याएको उहाँले उल्लेख गर्नुभयो ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले भ्रष्टाचारको जटिल विषयलाई सरल ढङ्गले प्रस्तुत गरिएको पुस्तकले राज्य ढुकुटीको दोहन, भ्रष्टाचारीलाई उन्मुक्ति तथा नीतिगत भ्रष्टाचारजस्ता विषयलाई उजागर गरेको बताउनुभयो ।
पुस्तकका लेखक थापाले लामो समयको अध्ययन र तथ्यपरक रुपमा लेखिएको पुस्तकमा राणाकालदेखि अहिलेसम्मको अवस्थालाई उजागर गरिएको बताउनुभयो । फाइन प्रिन्टले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु ४८८ रहेको छ ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता