
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुरबीच नेपाल भ्रमणमा रहेका चीनका भौतिक पूर्वाधारमन्त्री युआन सुहोङसहितको चिनियाँ प्रतिनिधीमण्डलले आपसी सहयोगका विषयमा छलफल गर्नुहुँदै । तस्वीर ः नवीन पौडेल, रासस
काठमाडौँ, ९ भदौ । नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्न चीनले चासो व्यक्त गरेको छ ।
नेपाल भ्रमणमा रहेका चीनका भौतिक पूर्वाधारमन्त्री युआन सुहोङले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गर्नुभएको हो । चिनियाँ मन्त्री सुहोङसहितको चिनियाँ प्रतिनिधिमण्डलले सिंहदरबारमा मन्त्री बलायरसहित सरोकारवाला मन्त्रालयका उच्च अधिकारीसँग चिनियाँ लगानी भित्र्याउनेबारे छलफल गरेको थियो । बैठकमा मन्त्री बलायरले चीनले नेपाललाई प्राथमिकतामा राखेर लगानी गर्न सक्ने भौतिक पूर्वाधारका परियोजनाबारे जानकारी गराउनुभएको थियो ।
उहाँले काठमाडौँ–स्याफ्रुबेँसी, सामाखुसी–टोखा–छहरे ३४ किमी सुरुङ मार्गसहितको सडक निर्माण, अरनिको राजमार्ग दुई लेनको बनाउने तथा पोखरा–बागलुङ ७३ किमी सडकको स्तरोन्नति गरी दुई लेन बनाउने प्रक्रिया अघि बढेको जानकारी गराउनुभएको थियो । त्यसैगरी अरनिको राजमार्गको स्तरोन्नति गर्ने, स्याफ्रुबेँेसी–रसुवागढी १६ किमी सडक दुई लेन बनाउने, भूकम्पबाट अवरुद्ध तातोपानी नाखा खुलाउने, सिगात्से–रसुवागढी– काठमाडौँ, काठमाडौँ–पोखरा र मेची महाकाली रेलले सञ्जाल विस्तारबारे लगानी गर्न मन्त्री बलायरले चिनियाँ पक्षसँग आग्रह गर्नुभएको थियो । उपयुक्त आयोजनामा चिनियाँ पक्ष लगानी गर्न सकारात्मक भएको छ ।
चिनियाँ मन्त्री युआनले हालसम्म चीनले नेपालमा जे–जति लगानी गरिरहेको छ, त्यो सानो आकारको भएको र आगामी लगानी रेल्वे सञ्जाल, ठूला राजमार्गजस्ता पूर्वाधारयुक्त आयोजनामा ठूलो लगानी गर्ने बताउनुभयो । उहाँले चीन नेपाललाई सहयोग गर्न एकदमै तत्पर रहेको र अब ठूला आयोजनामा लगानी गर्न नेपाल सरकारसँग ठोस प्रस्ताव माग्नुभएको थियो । चिनियाँ पक्षले पूर्वाधार विकासमा लगानी, लगानी सुरक्षितसम्बन्धी कानूनी अवस्थाबारे जानकारी लिनाका साथै विदेशी लगानीमा भइरहेका निर्माण पूर्वाधारको सुपरिवेक्षण र अनुगमनसम्बन्धी कानून बुझ्न नेपाल आएको मन्त्रालयले जनाएको छ ।
बैठकको सहजीकरण गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल तथा अर्थ, कानून, परराष्ट्र मन्त्रालय तथा लगानी बोर्डका सम्बन्धित शाखाका प्रमुखले नेपालको कानून, आर्थिक लगानीको सम्भावना, कर प्रणाली, कानुनी अवस्था र लगानीको अवसरबारे चिनियाँ पक्षलाई जानकारी गराउनुभएको थियो ।
गभनर्र डा नेपालले नेपालमा वैदेशिक लगानी भित्र्याउन कानूनी सरलता रहेकाले जोसुकैले लगानी गर्नसक्ने बताउनुभयो । बैठकमा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ, नेपालका लागि चिनियाँ राजदूत यु होङसहित मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो । नेपाल सरकारको निमन्त्रणामा पाँच सदस्यीय चिनियाँ प्रमण्डल औपचारिक भ्रमणका लागि आजै नेपाल आएको हो ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक