काठमाडौं। भारतको नयाँ दिल्लीमा सुरक्षागार्डको रुपमा काम गर्ने एक नेपालीको हत्या भएको छ। भारतीय सञ्चार माध्यमहरुले लुटेराको आक्रमणमा बुधबार राति मध्य दिल्लीस्थित पहाडगञ्जमा विराटनगरका ६५ वर्षे भगत शाहको हत्या भएको जनाएका छन्। पसल लुट्न आएका लुटेराहरुको आक्रमणमा शाहका भाञ्जा कर्ण पनि गम्भीर घाइते भएका छन्।
दुवै चुरोटको थोक विक्रेता नेहरु मार्केटमा सुरक्षागार्डका रुपमा कार्यरत थिए। राति सवा एक बजे गस्ती गरेको समयमा सटरमा फलामे रडले प्रहार गरेको आवाज सुनेपछि त्यहाँ पुग्दा उनीहरुमाथि आक्रमण भएको थियो।
घाइते कर्णले मास्क लगाएका दुई व्यक्तिले पसलको सटर रडले हानेर खोल्ने कोसिस गर्दै गरेको भेटेका बताएका छन्। सुरक्षागार्डले उनीहरुलाई पक्रन खोज्दा नजिकै ट्याक्सी लुकेर बसेका अन्य दुई लुटेराहरुले उनीहरुको टाउकोमा रडले प्रहार गरेको प्रहरीले जनाएको छ। टाउकोमा चोट लागेका दुवै सोही स्थानमा ढलेपछि लुटेराहरु ट्याक्सीमा चढेर भागेका थिए। रगताम्मे भएर लडेका देखेपछि कसैले प्रहरीलाई सूचित गरेपछि उनीहरुलाई अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउनु अघि नै शाहको मृत्यु भैसकेको चिकित्सकले जनाएका छन्। कर्णको अस्पतालमा उपचार भैरहेको छ। कर्णको अवस्था खतरामुक्त रहेको बताइएको छ। प्रहरीले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत एफआइआर दर्ता गरिएको बताएको छ।
मास्क लगाएका हुनाले लुटेराहरुको तत्काल पहिचान खुल्न नसकेपनि सिसिटिभी फुटेजहरुको अध्ययन थालिएको प्रहरीले जनाएको छ।
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड