चितवन, ३२ साउन । गत शुक्रबार रातिदेखि आएको बाढीका कारण जिल्लाको सौराहा, जगतपुर र मेघौलीमा रहेका करिब १२० वटा पर्यटकीय होटलमा रु १५ करोड बराबरको क्षति भएको छ ।
क्षेत्रीय होटल संघ सौराहाका अनुसार ती होटलका विस्तारा, कटेज, कार्पेटदेखि गाडी, ग्यास सिलिण्डर, मोबाइल, गोदामका खाद्यान्न, ल्यापटप, कम्प्युटर, पर्खाल, बगैँंचा लगायतमा क्षति पुगेको छ ।
संघका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहाका ११० होटलमा मात्रै रु १३ करोड ५० लाख बराबरको क्षति भएको छ । कम क्षति भएका १५ वटा होटल आजबाट नै सञ्चालनमा आउन लागेका र अन्य एक साताभित्रमा सञ्चालनमा आउने उहाँले बताउनुभयो । यद्यपि राप्ती किनारमा रहेका होटल र पव भने सञ्चालन गर्न केही समय लाग्ने उहाँको भनाइ छ ।
होटलमा करिब ६०० पर्यटक रहेका बेला राप्ती र बूढीराप्तीको बाढी पसेपछि सौराहाका होटल डुबानमा परेका थिए । संघले जारी गरेको विज्ञप्तिमा होटलमा रहेका पर्यटकको सक्रियता र स्थानीय होटल व्यवसायीको सचेतनाका कारण मानवीय क्षति हुन नपाएको उल्लेख छ ।
विज्ञप्तिमा भूकम्प, नकाबन्दी हुँदै नारायणगढ–मुग्लिन सडकको कारण पर्यटकको आगमनमा कमी हुँदा आर्थिक भार व्यहोरिरहेका व्यवसायीलाई बाढीले थप क्षति पुरयाएको उल्लेख गर्दै व्यवसायीको बैंक ऋणको ब्यजदरमा सहुलियत दिन सरकारसँग माग गरिएको छ ।
बाढीले वन्यजन्तुसमेत बगाएको भन्दै संरक्षणका लागि तत्काल सरकारी टोली गठन गरी आवश्यक पहल गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने