
एक हप्ता अगाडी आएको बाढीबाट जमेको पानीमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित तोपामा माछा मार्दै स्थानीयवासी । तस्बिर ः अरुण कुमार यादव, राजविराज, रासस
विराटनगर, ३२ साउन । पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४७ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन् ।
आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा १२ जना, सप्तरीमा एकजना, उदयपुरमा दुईजना गरी ४३ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोले गर्दा पाँचथरमा दुई र इलाममा एक गरी तीनजनाको पनि मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
त्यस्तै, बाढी पहिरोमा परेर पाँचथरमा तीनजना, झापामा दुईजना, मोरङमा चारजना, सप्तरीमा एक गरी १५ जना बेपत्ता रहेको छ, भने बाढी पहिरोमा परेर मोरङमा तीनजना र सप्तरी र सुनसरीमा एक-एक जना घाइते भएका छन् ।
बाढी पहिरोका कारण ती जिल्लामा ३८९ वटा घर पूर्णरुपले क्षति भएको, ३६३ वटा चौंपाया र दुई हजार २७५ वटा हाँस, कुखुरा मरेको सो कार्यालयले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पूर्वक्षेत्रीय तालीम केन्द्र, क्षेत्रीय सशस्त्र प्रहरी गण, दङ्गा नियन्त्रण प्रहरी गणका साथै सम्बन्धित जिल्ला र स्थानीय प्रहरी इकाइ गरी चार हजार पाँच सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
विस्थापित परिवारलाई स्थानीय विद्यालय, मन्दिर र सङ्घसंस्थाको सार्वजनिक भवन राखिएको पीडित परिवारलाई स्थानीय समाजसेवी र विभिन्न सङ्घसंस्थाबाट राहत वितरणलगायतका कार्य भइरहेको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक