लण्डन । बेलायतको सवारी चालक अनुमति तथा सवारीसाधनको लाइसेन्स दिने निकाय ड्राइभर तथा भेइकल लाइसेन्स एजेन्सी (डिभीएलए) ले भ्रामक इमेलबाट सचेत रहन सवारी धनी र सवारी चालकहरुलाई अपील गरेको छ ।
डिभीएलएले एक सूचना जारी गरी ठगहरुले डिभीएलएबाट पठाएको भनी इमेल पठाउने गरेको र सो इमेलमा दिइएको लिंकमा गई व्यक्तिगत विवरणहरु भर्न लगाइने गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
डिभीएलएले आफूले त्यस्तो कुनै इमेल नपठाएको र आफ्ना ग्राहकहरुसित त्यस्ता महत्वपूर्ण व्यक्तिगत सूचनाहरु नमागेको स्पष्ट गरेको छ ।
त्यस्तो कार्य ठगहरुको भएको प्रष्ट्याउंदै डिभीएलएले त्यस्ता इमेल आएको खण्डमा त्यसउपर कुनै कारबाही नगर्न र दिइएको लिंकमा कुनै विवरण नभर्न आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ ।
दिसइज मनी डटकमका अनुसार डिभीएलएबाट पठाइएको भनिएका त्यस किसिमका इमेलमा दिइएको लिंकमा क्लीक गर्न भनिएको हुन्छ ।त्यसमा गएपछि व्यक्तिगत विवरणहरु भर्ने फाराम आउँछ ।
ठगहरुले सो फारामबाट व्यक्तिगत विवरणहरु बटुली सर्वसाधारणको बैँक खाताबाट पैसा लिन प्रयोग गर्नसक्ने बताइएको छ ।
डिभीएलएले सरकारी डिजिटल सर्भिसले सो बारेमा अनुसन्धान गरिरहेको बताएको छ ।सर्वसाधारणलाई गलत सूचना दिइरहेको र गैरकानुनी कार्य गरेकोबारे तत्काल कार्यबाही गर्ने पनि जनाइएको छ ।
डिभीएलएले गत अक्टोबर १ बाट सवारी कर पूर्णरुपमा अनलाइनमा लाने बित्तिकै ठगहरुले यस्तो मौका छोपेका हुन् ।
डिभीएलएले जीओभीडटयुके मार्फत सवारी अनुमति पत्र र सवारी करका बारेमा कारोबार गर्न सुझाव दिएको छ ।
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन