लण्डन । बेलायतको सवारी चालक अनुमति तथा सवारीसाधनको लाइसेन्स दिने निकाय ड्राइभर तथा भेइकल लाइसेन्स एजेन्सी (डिभीएलए) ले भ्रामक इमेलबाट सचेत रहन सवारी धनी र सवारी चालकहरुलाई अपील गरेको छ ।
डिभीएलएले एक सूचना जारी गरी ठगहरुले डिभीएलएबाट पठाएको भनी इमेल पठाउने गरेको र सो इमेलमा दिइएको लिंकमा गई व्यक्तिगत विवरणहरु भर्न लगाइने गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
डिभीएलएले आफूले त्यस्तो कुनै इमेल नपठाएको र आफ्ना ग्राहकहरुसित त्यस्ता महत्वपूर्ण व्यक्तिगत सूचनाहरु नमागेको स्पष्ट गरेको छ ।
त्यस्तो कार्य ठगहरुको भएको प्रष्ट्याउंदै डिभीएलएले त्यस्ता इमेल आएको खण्डमा त्यसउपर कुनै कारबाही नगर्न र दिइएको लिंकमा कुनै विवरण नभर्न आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ ।
दिसइज मनी डटकमका अनुसार डिभीएलएबाट पठाइएको भनिएका त्यस किसिमका इमेलमा दिइएको लिंकमा क्लीक गर्न भनिएको हुन्छ ।त्यसमा गएपछि व्यक्तिगत विवरणहरु भर्ने फाराम आउँछ ।
ठगहरुले सो फारामबाट व्यक्तिगत विवरणहरु बटुली सर्वसाधारणको बैँक खाताबाट पैसा लिन प्रयोग गर्नसक्ने बताइएको छ ।
डिभीएलएले सरकारी डिजिटल सर्भिसले सो बारेमा अनुसन्धान गरिरहेको बताएको छ ।सर्वसाधारणलाई गलत सूचना दिइरहेको र गैरकानुनी कार्य गरेकोबारे तत्काल कार्यबाही गर्ने पनि जनाइएको छ ।
डिभीएलएले गत अक्टोबर १ बाट सवारी कर पूर्णरुपमा अनलाइनमा लाने बित्तिकै ठगहरुले यस्तो मौका छोपेका हुन् ।
डिभीएलएले जीओभीडटयुके मार्फत सवारी अनुमति पत्र र सवारी करका बारेमा कारोबार गर्न सुझाव दिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा