लण्डन । नेपाली दूताबास लण्डनले कार्यालय खुल्ने समय थप गरेको छ ।
दुताबासले आज एक सूचना जारी गरी दूताबासबाट सेवाग्राहीलाई प्रदान गरिने सेवाहरु प्रभावकारी र सरल बनाउन सेवाग्राहीको सल्लाह र सुझावलाई मध्यनजर गर्दै कार्यालय खुल्ने अवधि लम्ब्याएको बताएको छ ।
नोभेम्बर १७ देखि लागू हुने नयाँ व्यवस्था अनुसार बिहान १० देखि १ बजे र दिउँसो २ बजेदेखि ३ बजेसम्म एमआरपी पासपोर्ट, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट, एनआरएन कार्ड र काजगातहरु प्रमाणीकरणका लागि आवेदन बुझाउने समय तोकिएको छ ।
स्मरण रहोस् दिउँसो १ बजेदेखि २ बजेसम्म लञ्चका लागि दूताबास बन्द हुन्छ ।
त्यसैगरी दिउँसो ३ बजेदेखि ५ बजेसम्म एमआरपी पासपोर्ट, अस्थायी पासपोर्ट, एनआरएन कार्डलगायत संकलनका लागि समय तोकिएको छ ।
यसअघि बिहान १० देखि १ बजेसम्म आवेदनहरु बुझाउने र दिउँसाे २ देखि ३ बजेसम्म कागजात संकलन गर्ने समय तोकिएको थियो ।
नयाा व्यवस्थाबाट सेवाग्राहीलाई फाइदा पुग्ने विश्वास दूताबासले लिएको छ ।

अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा