काठमाडौँ, २५ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा नेपाली काँग्रेसका तप्तबहादुर विष्टले सुर्खेतको भट्टेघारीमा आगलागीले हालसम्म १५ घर जलेर नष्ट भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सो घटनाका बारेमा छानबिन गर्न उहाँले सरकारसित माग गर्दै अस्थायी शिक्षकका माग पूरा गर्न आग्रह गर्नुभयो ।
नेकपा (एमाले)का भीमबहादुर रावलले भियना सम्मेलन र संयुक्त राष्ट्रसंघको बडापत्रको मान्यताअनुरुप देश चल्नुपर्छ यसतर्फ सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो । उहाँले हालै भारतीय वाणिज्य दूतावासका कन्सुलरबाट वीरगञ्जमा भएको क्रियाकलाप खेदजनक रहेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का अमनलाल मोदीले विश्व आदिवासी तथा जनजाति दिवसका दिन सार्वजनिक बिदा दिन माग गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका दीननाथ गिरीले वर्तमान सरकारले सुशासन कायम गर्न तथा भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको आरोप लगाउनुभयो ।
सोही पार्टीका बृजेशकुमार गुप्ताले सातवटै प्रदेशमा एक-एकवटा मेडिकल कलेज स्थापना गर्ने सरकारको नीति कहाँ पुग्यो भन्ने प्रश्न गर्दै २ नं प्रदेशमा मेडिकल कलेज बर्दिबासमा बनाउने प्रस्ताव अव्यवहारिक रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले कृषिप्रधान देशमा पशुपालनतर्फ कृषकको आकर्षण बढाउने नीति सार्वजनिक गर्न माग गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका मीना पुनले भारतले सुनौली भन्सार कार्यालयबाट नेपालतर्फ सामान पैठारी गर्न अवरोध गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
शून्य समय
यसैगरी सदनको आजको बैठकको शून्य समयमा सांसदहरुले वर्षात्ले देशभरिका राजमार्गलाई क्षति पुरयाएको, काठमाडौँभित्रका सडकमा बनेका खाडल पुर्न प्रधानमन्त्रीबाट दिनुभएको निर्देशन पालना नभएकोतर्फ सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरुले कोशी ब्यारेजको पानी सप्तरीको गोबरगाडामा पसेको, गएराति कास्कीका विभिन्न स्थानमा पहिरो गएको, चिकित्सा विधेयक सदनमा प्रस्तुत गर्न, अस्थायी शिक्षकका माग पूरा गर्न पनि माग गर्नुभएको थियो ।
सांसदहरुले निकट भविष्यमा प्रधानमन्त्रीबाट हुन लागेको भारत भ्रमणका बारेमा सदनसमक्ष जानकारी गराउन, भूकम्पपीडितलाई सरकारले दिने भनेको राहत तथा सुविधा शीघ्र प्रदान गर्न पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण गराउनुभएको थियो ।
यसरी आफ्नो धारणा राख्नुहुने सांसदहरुमा शिवराज चौधरी, शिवलाल थापा, सकलदेव सुतियार, सीतादेवी गिरी ओली, सिन्धुजलेसा बुढाथोकी, सीता नेपाली, श्रीप्रसाद जगेबु, हर्कबोल राई, हितराज पाण्डे, ज्ञानुदेवी गैरे हुनुहुन्थ्यो ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक