
नागरिक अस्पताल गट्ठाघरमा उपचारमा रहनुभएका नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस
भक्तपुर, २५ साउन । मूत्रथैलीको शल्यक्रिया गरी विगत छ दिनदेखि अस्पतालमा रहनुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई आज घर फर्किनुभएको छ ।
डा भट्टराईको भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा गत शुक्रबार मूत्रथैलीको शल्यक्रिया गरिएको थियो । उहाँको उपचारमा रु ८५ हजार खर्च भएको अस्पताल प्रशासनले जनाएको छ ।
आज अस्पतालबाट घर फर्किनेक्रममा डा भट्टराईले स्वदेशमै पनि स्तरीय स्वास्थ्य सेवा लिन सकिने भन्दै उपचारका नाममा विदेश धाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
यसैगरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खीलराज रेग्मीले आज भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।
भट्टराईलाई भेट्न अध्यक्ष ओली अस्पतालमा
काठमाडौँ, २५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
डा भट्टराईको स्वास्थ्यअवस्थाबारे बुझ्न आज दिउँसो ओली भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पताल पुग्नुभएको ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिनुभयो ।
भेटका क्रममा ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईको स्वास्थ्यलाभको कामना गर्नु भएको थियो । भेटमा डा भट्टराई पत्नी एवं नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमी, पूर्वउद्योगमन्त्री महेश बस्नेत सहभागी हुनुहुन्थ्यो ।
मुत्रनलीमा समस्या भएपछि भट्टराई ६ दिन अघि अस्पतालमा भर्ना हुनु भएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता