काठमाडौँ, २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
मन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीको भारत भ्रमणको मिति करिब तय भइसकेको बताउँदै भ्रमणका कार्यसूचीका बारेमा छलफल भइरहेको जानकारी दिनुभयो ।
सञ्चारकर्मीका जिज्ञासामा उपप्रधानमन्त्री महराले दुई ठूला छिमेकी चीन र भारतबीचको सम्बन्ध शान्तिपूर्ण, कूटनीति र वार्ताका माध्यमले सुमधुर रहिरहोस् भन्ने नेपालको स्पष्ट नीति रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय चिनियाँ प्रतिनिधमण्डलको नेपाल भ्रमण हुने र सो भ्रमण नेपालको भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित हुने उहाँको भनाइ थियो ।
उपप्रधानमन्त्री महराका अनुसार यही साउन २६ गतेदेखि नेपालमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य मुलुकको मन्त्रिस्तरीय सम्मेलन हुने छ । त्यसको आवश्यक तयारी भइरहेको छ । सम्मेलनमा सातै सदस्य मुलुकका विदेशमन्त्री वा सो सरहको सहभागिता रहनेछ । मन्त्रिस्तरीय सम्मेलनपछि बिमस्टेकको शिखर सम्मेलनसमेत आयोजना गरिने छ ।

परराष्ट्रमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा । तस्बिर ः रोशन सापकोटा, रासस
आर्थिक कूटनीतिमा जोड
उपप्रधानमन्त्री महराले अन्तर्राष्ट्रियस्तरमा नेपालको सम्मान र प्रतिष्ठा अझ माथि उठाउने र समृद्ध नेपालका लागि आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालन गर्ने मुलकको परराष्ट्रसम्बन्धी तत्कालीन प्रमुख लक्ष्य भएको बताउनुभएको छ ।
‘मौलिक, स्वतन्त्र र स्वाधीन नेपाली पराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्मान र राष्ट्रिय समृद्धिका लागि कूटनीति’ भन्ने नाराका साथ तत्कालीन कार्ययोजना सार्वजनिक गरिएको छ । कार्ययोजनामा दुवै छिमेकी मुलुकसँग हालैका वर्षमा सम्पन्न गरिएका सन्धिसम्झौता र समझदारीको कार्यान्वयनको व्यवस्था मिलाइने उल्लेख छ । साथै चीन सरकारसँग हस्ताक्षर गरिएको ‘एक क्षेत्र एक मार्ग’ (ओबोर) बाट मुलुकले अधिकतम लाभ लिन अन्तरमन्त्रालय वा निकाय संयन्त्र बनाई ठोस अधिकार र जिम्मेवारी दिइने उपप्रधानमन्त्री महराले बताउनुभयो ।
कार्ययोजनामा परराष्ट्र मन्त्रालयको संरचनात्मक सुधारका लागि मन्त्रालयमा नियमित रुपमा कर्मचारी, राजदूत तथा विज्ञबाट समसामयिक एवं परराष्ट्र नीतिका दृष्टिकोणबाट महत्पूर्ण विषयमा अन्तरक्रिया गराइने व्यवस्था मिलाइने उ्रल्लेख छ । त्यस्तै पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत तथा कूटनीतिक क्षेत्रका अनुभवी व्यक्तित्वको क्षमता र अनुभवबाट राष्ट्रले लाभ लिन सक्ने गरी सल्लाहकार समिति बनाई काम गरिने मन्त्रालयको योजना छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दाे र सम्मानित बनाउन सम्बन्धित निकायसँग समन्वय गरी काम गरिने र त्यसका लागि नेपाली नियोगलाई प्रभावकारी रुपमा परिचालन गरिने छ । उप्रधानमन्त्री महराले अन्तर्राष्ट्रिय मञ्चमा भूपरिवेष्ठित देशको समूहलाई प्रभावकारी बनाउन पहल गरिने बताउनुभयो ।
नेपालको संविधानमासार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्र संघको बडापत्र, अंसलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वाेपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परारष्ट्र नीति सञ्चालन गरिने उल्लेख छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा