काठमाडौँ, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग ललितपुर महानगरपालिकाका पदाधिकारीले काठमाडौँ उपत्यकामा मोनोरेल सञ्चालन गर्ने महत्वाकांक्षी योजनाका सम्बन्धमा छलफल गर्नुभएको छ ।
महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गीता सत्याल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहितको टोलीले उपत्यकामा आधुनिक र सहज यातायात पूर्वाधार निर्माण सम्बन्धमा प्रधानमन्त्री देउवासँग छलफल गरेको हो ।
प्रधानमन्त्री कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले उपत्यकामा चरणबद्ध रुपमा भौतिक पूर्वाधार सुधारका कार्य हुंदै जाने र सरकारका तर्फबाट सक्दो सहयोग गरिने आश्वासन दिनुभएको प्रमुख चिरिबाबुले जानकारी दिनुभयो । भेटमा उहाँहरुबीच समसामयिक स्थानीय राजनीतिका बारेमा समेत कुराकानी भएको थियो ।
स्थानीय तहका नवनिर्वाचित पदाधिकारीले जनताले प्रत्यक्ष महसुस गर्ने गरी ठूला परियोजना सञ्चालनका लागि केन्द्र सरकारको सहयोगका लागि आग्रह गर्नुभएको थियो । उपत्यकामा मोनोरेल सञ्चालनका लागि करिब रु एक खर्ब १५ अर्ब रकम आवश्यक पर्ने बताइएको छ । उपत्यकामा मोनोरेल सञ्चालन सम्बन्धमा ललितपुर महानगरले नेतृत्व गरिरहेको छ । भेटमा पदाधिकारीले प्रधानमन्त्री देउवासँग व्यवस्थापिका–संसद्मा विचाराधीन स्थानीय शासन सञ्चालनसम्बन्धी विधेयक चाँडो पारित भए काम गर्न सहज हुने बताउनुभएको थियो ।
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित