काठमाडौँ, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग ललितपुर महानगरपालिकाका पदाधिकारीले काठमाडौँ उपत्यकामा मोनोरेल सञ्चालन गर्ने महत्वाकांक्षी योजनाका सम्बन्धमा छलफल गर्नुभएको छ ।
महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गीता सत्याल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहितको टोलीले उपत्यकामा आधुनिक र सहज यातायात पूर्वाधार निर्माण सम्बन्धमा प्रधानमन्त्री देउवासँग छलफल गरेको हो ।
प्रधानमन्त्री कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले उपत्यकामा चरणबद्ध रुपमा भौतिक पूर्वाधार सुधारका कार्य हुंदै जाने र सरकारका तर्फबाट सक्दो सहयोग गरिने आश्वासन दिनुभएको प्रमुख चिरिबाबुले जानकारी दिनुभयो । भेटमा उहाँहरुबीच समसामयिक स्थानीय राजनीतिका बारेमा समेत कुराकानी भएको थियो ।
स्थानीय तहका नवनिर्वाचित पदाधिकारीले जनताले प्रत्यक्ष महसुस गर्ने गरी ठूला परियोजना सञ्चालनका लागि केन्द्र सरकारको सहयोगका लागि आग्रह गर्नुभएको थियो । उपत्यकामा मोनोरेल सञ्चालनका लागि करिब रु एक खर्ब १५ अर्ब रकम आवश्यक पर्ने बताइएको छ । उपत्यकामा मोनोरेल सञ्चालन सम्बन्धमा ललितपुर महानगरले नेतृत्व गरिरहेको छ । भेटमा पदाधिकारीले प्रधानमन्त्री देउवासँग व्यवस्थापिका–संसद्मा विचाराधीन स्थानीय शासन सञ्चालनसम्बन्धी विधेयक चाँडो पारित भए काम गर्न सहज हुने बताउनुभएको थियो ।
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो