लन्डन । बेलायतका नेपाली तन्नेरीबीच गरिएको एउटा नृत्य प्रतियोगिता ‘यूके डान्स अफ २०१७’ को उपाधि जसिता गुरुङले जितेकी छन् । आइतबार प्रिन्सेस हल अल्डरसटमा आयोजित प्रतियोगितामा १३ अन्य प्रतिष्पर्धीलाई उछिनेर जसिताले पहिलो उपाधि जितेकी हुन् । उनले १२ सय पाउण्ड नगद पाइन् ।
प्रतियोगितामा फस्ट रनर अपको उपाधि महिलाहरुको समूह ‘एआइएम ग्रुप’ ले जित्यो भने सेकेन्ड रनर भइन् सरिना गर्बुजा । दोश्रो हुने टिमले ८ सय पाउण्ड र तेश्रो विजेताले ५०० पाउण्ड नगद जिते । बिजेतालाई प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी, आयोजक सपनकुमार राई लगायत प्रायोजकहरुले पुरस्कार प्रदान गरेका थिए ।
सपन इन्टरटेन्मेन्ट लिमिटेडले गरेको दोश्रो ‘यूके डान्स अफ’ मा नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई, धिरज मगर, सनमकुमार बैराग, समिर गुरुङ र जेनी सुनुवार निर्णायक थिए । ५० प्रतिशत निर्णायक नम्बर, २५ प्रतिशत युट्यूब भ्यूअर्स र बांकी २५ प्रतिशत हलका दर्शकको मुल्यांकनबाट अन्तिम बिजेता छानिएको हो ।
पहिलो राउण्डमा नेपालीपन झल्काउने नाच र दोश्रो ‘क्याच द रिदम’ राउण्डमा आफ्नो इच्छा अनुसार अन्तर्राष्ट्रिय संगीतमा समेत नाच्न पाउने प्रावधान राखिएको थियो । क्याच द रिदम राउण्ड सगुन डटकमले प्रायोजन गरेकाले त्यो चरणलाई सगुन डटकम राउण्ड नामाकरण गरिएको थियो ।
५ सय बढि सहभागी उक्त कार्यक्रममा मन्जु गुरुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् ।
आयोजक सपनकुमार राईले बेलायतस्थित नेपाली युवाको प्रतिभा उजागर गर्न प्रतियोगिता गरिएको जनाए । कार्यक्रम गत वर्षभन्दा उत्कृष्ट बनेको दाबी राईको छ । उक्त कार्यक्रम नरेश भट्टराई र सूर्जे गुरुङले सञ्चालन गरेका थिए । ‘हयाब अ मोमेन्ट’ मिडिया पार्टनरको भूमिकामा थियो । कार्यक्रम संयोजन निशा गुरुङले गरेकी थिइन् ।
प्रतियोगिताको प्रमुख सल्लाहकार सूर्य गुरुङ र सल्लाहकारमा डा. कपिल रिजाल र सोलिसिटर राजु थापा थिए । हेल्थ एण्ड सेफ्टीको जिम्मा रिटायर्ड क्याप्टेन कुसाङ गुरुङले लिएका थिए ।
तस्विर सौजन्य ः मिलन तमु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार