लन्डन । बेलायतका नेपाली तन्नेरीबीच गरिएको एउटा नृत्य प्रतियोगिता ‘यूके डान्स अफ २०१७’ को उपाधि जसिता गुरुङले जितेकी छन् । आइतबार प्रिन्सेस हल अल्डरसटमा आयोजित प्रतियोगितामा १३ अन्य प्रतिष्पर्धीलाई उछिनेर जसिताले पहिलो उपाधि जितेकी हुन् । उनले १२ सय पाउण्ड नगद पाइन् ।
प्रतियोगितामा फस्ट रनर अपको उपाधि महिलाहरुको समूह ‘एआइएम ग्रुप’ ले जित्यो भने सेकेन्ड रनर भइन् सरिना गर्बुजा । दोश्रो हुने टिमले ८ सय पाउण्ड र तेश्रो विजेताले ५०० पाउण्ड नगद जिते । बिजेतालाई प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी, आयोजक सपनकुमार राई लगायत प्रायोजकहरुले पुरस्कार प्रदान गरेका थिए ।
सपन इन्टरटेन्मेन्ट लिमिटेडले गरेको दोश्रो ‘यूके डान्स अफ’ मा नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई, धिरज मगर, सनमकुमार बैराग, समिर गुरुङ र जेनी सुनुवार निर्णायक थिए । ५० प्रतिशत निर्णायक नम्बर, २५ प्रतिशत युट्यूब भ्यूअर्स र बांकी २५ प्रतिशत हलका दर्शकको मुल्यांकनबाट अन्तिम बिजेता छानिएको हो ।
पहिलो राउण्डमा नेपालीपन झल्काउने नाच र दोश्रो ‘क्याच द रिदम’ राउण्डमा आफ्नो इच्छा अनुसार अन्तर्राष्ट्रिय संगीतमा समेत नाच्न पाउने प्रावधान राखिएको थियो । क्याच द रिदम राउण्ड सगुन डटकमले प्रायोजन गरेकाले त्यो चरणलाई सगुन डटकम राउण्ड नामाकरण गरिएको थियो ।
५ सय बढि सहभागी उक्त कार्यक्रममा मन्जु गुरुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् ।
आयोजक सपनकुमार राईले बेलायतस्थित नेपाली युवाको प्रतिभा उजागर गर्न प्रतियोगिता गरिएको जनाए । कार्यक्रम गत वर्षभन्दा उत्कृष्ट बनेको दाबी राईको छ । उक्त कार्यक्रम नरेश भट्टराई र सूर्जे गुरुङले सञ्चालन गरेका थिए । ‘हयाब अ मोमेन्ट’ मिडिया पार्टनरको भूमिकामा थियो । कार्यक्रम संयोजन निशा गुरुङले गरेकी थिइन् ।
प्रतियोगिताको प्रमुख सल्लाहकार सूर्य गुरुङ र सल्लाहकारमा डा. कपिल रिजाल र सोलिसिटर राजु थापा थिए । हेल्थ एण्ड सेफ्टीको जिम्मा रिटायर्ड क्याप्टेन कुसाङ गुरुङले लिएका थिए ।
तस्विर सौजन्य ः मिलन तमु
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’