
लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले आफ्नो ३१ औं वार्षिकोत्सव लन्डन ग्रीनफोर्डमा भव्य समारोहबीच मनाएको छ । ग्रीनफोर्ड टाउनहलमा आयोजित समारोहमा ५ सय बढि सहभागी भए ।
कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत बसे पनि नेपाली भाषा, साहित्य, कला – संस्कृति, चाडपर्व, भेषभुषा, रहनसहन र सभ्यता नेपालीले बिर्सेका छैनन् भन्ने प्रमाण कोसेलीले दिएको बताए । राजदूतले बेलायतवासी नेपालीले नेपालीपन र नेपालीमनको दियो बालिरहेका जनाउंदै यो दियो एकतावद्ध भएर सधैं बालिरहन आग्रह गरे ।
कार्यक्रमकी सभापति एवं कोसेली अध्यक्ष शर्मिला सिंहले विदेशी भूमिमा रहेर पनि नेपाली कला, संस्कृति र भाषा जगेर्ना गर्न संस्था अग्रसर भइरहेको बताइन् । सिंहले विशेष गरि नयां सन्ततिलाई मातृभाषा सिकाउन र नेपाली कला संस्कृतिबारे जानकार बनाउन संस्था प्रयासरत रहेको उल्लेख गरिन् ।
बेलायतमा तीन दशक बढि समयदेखि नेपाली कला संस्कृति तथा भाषा जगेर्नामा संस्था अग्रसर छ ।
कोसेलीका महासचिव खेमकाजी गौतमले सञ्चालन गरेको औपचारिक कार्यक्रममा विशेष अतिथीहरु इलिङ काउन्सिलका काउन्सिलर शरण शर्मा र व्यवसायी तथा समाजसेवी महन्त श्रेष्ठले पनि शुभकामना मन्तव्य दिंदै कोसेलीको अनवरत सामाजिक कार्यको प्रशंसा गरे ।
कार्यक्रममा लामो भाषण र खादा थिएन बरु सांस्कृतिक प्रस्तुति उल्लेख्य थियो । दर्जनौं कलाकारले १७ वटा आइटम ननस्टप प्रस्तुत गरे, त्यो पनि निर्धारित समय १० बजे अघि नै । अंग्रेजी समयमा शुरु गरेर निर्धारित समय भन्दा अगाडि नै कार्यक्रम समापन गर्ने कोसेली थोरैमध्ये एक संस्था हो ।
शशी थापा सुब्बाले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रम अन्तर्गत यो नेपाली शीर उचाली… गीतमा आकृति, अनुज, गौरव, गृष्मा, जुनी, निस्का, ओजल, रिमा, समृद्धि, सान र सिद्धार्थले सामूहिक नृत्य गरे । दोश्रो आइटम थियो सय थरि बाजा… बोलको गीत प्रस्तुति । गायिका सितु खरेलको मुख्य गायनमा उपासना, पुनम, अन्जु र शर्मिलाले संयुक्त गाए उक्त गीत । प्रमोद शर्मा र सितु खरेलको अर्को गीत नमान लाज…गीत पनि दर्शकले रुचाए ।
कार्यक्रममा अन्जु श्रेष्ठले फुलै फुलको, राज तामाङले कहिलेकाहीं, सुलभ लोहनीले आंगनै भरि, खेमकाजी गौतमले हरियो डलर, निश्चल दाहालले सुन साईंली… र प्रिसा पाठकले म चाहिं नेपाली… बोलको गीत गाए ।
कल्पना, भावना, अर्चना, दुर्गा, कृतिका, प्रिसा, रश्मी, सुजाता, उर्भी लगायतको कत्थक नृत्य पनि आकर्षक थियो । हिमालको काखैमा…बोलको गीतमा आकृति, गृष्मा, जुनी, निस्का, प्राची, प्रकृति, प्राप्ति, राजश्वी, रसिका, रिमा, समृद्धि बस्नेत, समृद्धि थापा, सन्जिवनी र सुविज्ञाले नृत्य प्रस्तुत गरेका थिए ।
त्यसैगरि, अनुज, गौरव, सान र सिद्धार्थले यो मेरो टोपी… गीतमा नाचे । हिजो राती सपनीमा… गीतमा अर्चना, कृतिका, मनिषा, प्रिसा र उर्भीले नृत्य प्रस्तुत गरे । रातो रातो गाला…मा निश्चल, रुबी, शंकर र सृजनाले नाच देखाए । सृजना र समिरको मिठो सारहै मिठो, ओ निर, ड्यांग डुंग गीतमा नृत्य गरेका थिए ।
तस्विरः शिव भण्डारी
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा