काठमाडौं। नेपालले बलर हावी रहेको आइसिसी यु १९ प्रिमियर ट्रफीमा तेस्रो खेलमा मलेसियालाई ५३ रनले पराजित गरेको छ ।
नेपालले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसिया ६१ रन अल आउट भयो। १९ ओभरबाट ५ विकेट गुमाएर ५७ रन बनाएको मलेसिया ६२ रनमा अल आउट भएको थियो। मलेसियाका लागि सबैभन्दा बढी अनवर रहमानले ३३ रन बनाए ।
नेपालका लागि अर्जुन चापागाईले पहिलो ओभरमा २ विकेटसहित तीन विकेट लिए। सुशील कँडेल र सौरव खनालले २-२ दुई विकेट लिए । त्यसैगरी दीपेन्द्रसिंह ऐरी, सुनिल धमला, प्रेम तामाङले एक एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालका लागि कप्तान राजु रिजालले ३९ रन बनाए भने ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले १९, प्रेम तामाङले १६, योगेन्द्र कार्कीले ११ र दीपेन्द्र सिंह ऐरीले नट आउट १२ रन बनाए । नेपालका तीन खेलाडी शुन्यमा आउट भए ।
मलेसियाका लागि वीरनदीप सिंहले १६ रन खर्चेर ३ विकेट लिए भने मुहमद हफिज, पभनदीप सिंह र अनवर रहमानले २-२ विकेट लिए।
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार