लन्डन । बढ्दो प्रतिष्पर्धासंगै सस्ता बजेट एयरलाइन्सका कारण बेलायतमा हवाई यात्रुको संख्या अकासिएको छ । सुरक्षित यात्रा, समय वचत र सस्तो भएका कारण बेलायतमा हवाई यात्रुको संख्या बढ्ने क्रम जारी छ । व्यस्त होलिडेको समयमा बेलायतका एयर ट्राफिक कन्ट्रोलरहरुले २४ घन्टामा ८ हजार आठ सय उडान व्यवस्थापन गर्ने गरेको पाइएको छ । गत जुन देखि अगस्ट महिनामा बेलायती आकासमा करिब ७ लाख ७० हजारवटा जहाज उड्ने अनुमान गरिएको छ जुन गत वर्ष भन्दा ४० हजार बढि हुनेछ । सन् २०१६ मा २४ लाख ५० हजार उडान बेलायती आकासमा उडेको तथ्यांक छ । बेलायतको एयर ट्राफिक कन्ट्रोलरले व्यस्त समयको समिक्षा गरि उडान योजना एक वर्ष भन्दा अगाडि देखि हुने बताएका छन् ।
बेलायती अर्थतन्त्रमा हवाईमार्गले करिब ६० अर्ब पाउन्डको योगदान गरेको लन्डनका अर्थ ब्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्य बताउंछन् । यसले ९ अर्ब पाउण्ड भन्दा बढि कर सरकारलाई बुझाउने उल्लेख गर्दै आचार्यले करिब १० लाख मानिसले प्रत्यक्ष रोजगारी पाइरहेको जनाए ।
बेलायतको सबैभन्दा ठूलो एयरपोर्ट हिथ्रोको व्यस्तता हरेक वर्ष बढ्दो छ । यसले सन् २०१६ मा साढे सात करोड भन्दा बढि यात्रुको सेवा गरेको जनाइएको छ । बेलायतका ठूला पांच विमानस्थल व्यवस्थापन गर्ने बिएए सिस्टम अन्तर्गत रहेको हिथ्रो एयरपोर्टको सन् २०१६ को वार्षिक टर्नओभर करिब दुई अर्ब ८० करोड पाउण्ड छ । पश्चिम लण्डनमा अवस्थित हिथ्रोमा ७६ हजार भन्दा बढिले रोजगारी पाएका छन् ।
दुई धावनमार्ग रहेको हिथ्रो एयरपोर्टको बढ्दो व्यस्तताका कारण तेश्रो धावनमार्ग जरुरी रहेको व्यवसायीले बताउंदै आएका छन् । तर, तेश्रो धावनमार्गबारे बेलायतभित्र निकै राजनीतिक वहस हुंदै आएको छ । प्रदुषण लगायत हिथ्रोको सामर्थका लागि अर्को धावनमार्ग जरुरी नभएको एकथरिको तर्क छ भने अर्का थरिले अन्तर्राष्ट्रिय प्रतिष्पर्धा र बढ्दो ब्यवसायको अवसरका लागि हिथ्रोको क्षमता अरु बढाइनु अपरिहार्य भएको बताउंदै आएका छन् ।
बढ्दो यात्रु संख्यालाई मध्यनजर राख्दै बेलायत सरकारले गत अक्टोबरमा तेश्रो धावनमार्ग बनाउन सहमति गरेको छ । १२२७ हेक्टरमा फैलिएको हिथ्रो एयरपोर्ट यात्रुको संख्याले युरोपको सबैभन्दा व्यस्त विमानस्थल हो । ८२ देशका १९४ शहरबाट ८१ एयरलाइन्सले उडान भर्छन् हिथ्रोमा । ९३ प्रतिशत अन्तर्राष्ट्रिय उडान छन् । सन् २०१३ मा ३० लाख भन्दा बढी यात्रुले हिथ्रोबाट न्यूयोर्कको जोन एफ केनेडी एयरपोर्ट उडान गरेका थिए, जुन सबैभन्दा लोकप्रिय उडान हुने शहर हो ।
बेलायतको दोश्रो ठूलो एयरपोर्ट मानिन्छ ग्याटवीक । यसमा वार्षिक करिब चार करोड भन्दा बढी यात्रुले यात्रा गर्छन् । सन् २०१६ मा बजेट एयरलाइन्स इजी जेटका यात्रु मात्र करिब ४० प्रतिशत रहेको तथ्यांकले देखाएको छ । ब्रेक्जिटका कारणबाट बजेट एयरलाइन्स केहि प्रभावित हुन सक्ने विश्लेषण आचार्यको छ । युरोपका प्रमुख शहरमा उडान भर्ने सस्ता एयरलाइन्सहरुले बे्रक्जिटपछि कस्तो नीति अवलम्बन गर्छन् र बेलायत सरकारले इर्यू नागरिकलाई आवतजावतको हकमा कस्तो नीति लिने हो चासोको विषय छ । ब्रेक्जिटले बजेट एयरलाइन्सको शुल्क तथा काम कारबाहीमा असर पर्न सक्ने अनुमान छ ।
उत्तरी इंग्ल्यान्डको अर्थतन्त्रलाई ध्यानमा राख्दै बेलायत सरकारले म्यानचेस्टर एयरपोर्टमा एक अर्ब पाउण्ड लगानी बढाई यस एयरपोर्टको सामर्थ बढाउने जनाएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा