काठमाडौँ, १४ साउन । धितोपत्र बजारमा यस साता रु पाँच अर्ब ५३ करोड १८ लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १७० कम्पनीको ९० लाख ५८ हजार ७० कित्ता शेयर कारोबार भएको छ ।
कारोबार रकम गत साताको भन्दा १६ दशमलव ७५ प्रतिशत बढी हो । गत साता १६५ कम्पनीको ८७ लाख ५३ हजार आठ सय ८० कित्ता शेयर रु चार अर्ब ७३ करोड ८२ लाख ७६ हजारमा कारोबार भएको थियो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १० दशमलव ९७ अंकले बढेर अन्तिम दिन एक हजार ६४६ दशमलव ५३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ७८ अंकले घटेर ३४६ दशमलव २३ अंकमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा प्रभु इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु २७ करोड ७८ लाख ५० हजार बराबरको शेयर कारोबार भएको थियो । यस्तै कारोबार भएको शेयर संख्याका आधारमा नेसनल हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको आठ लाख ६४ हजार कित्ता शेयर कारोबार भएको थियो ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
यस्तै लक्ष्मी इक्विटी फण्ड, छ्याङदी हाइड्रो पावर, नेपाल बंगलादेश बैंक, नेरुडे लघुवित्त विकास बैंक, नेपाल बैंक, लक्ष्मी बैंक, सांग्रिला विकास बैंक, महाकाली विकास बैंक, भार्गव विकास बैंकको विभिन्न प्रकारका नयाँ शेयर स्टकमा सूचीकृत भए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता