लन्डन । हस्पिटालिटी क्षेत्रमा लामो अनुभव बटुलेका केही नेपाली युवाले लन्डन साउथ हयारोमा पब शुरु गरेका छन् । माया पब शुक्रबार बेलायती सांसद बीरेन्द्र शर्माले औपचारिक उद्घाटन गरे ।
रिबन र केक काटेर पब औपचारिक उद्घाटन हुंदा स्थानीय बेलायती मेयर, लोकप्रिय गायक योगेश्वर अमात्य, नेपाली संघसंस्थाका प्रतिनिधि, ग्राहक र युवा समूहको उत्साहजनक उपस्थिति थियो ।
लेबर पार्टीका तर्फबाट चौंथो पटक सांसद निर्वाचित शर्माले शुभकामना दिंदै युवाहरुको समर्पण र जोशले व्यवसायले सफलता चुम्ने विश्वास गरे । आफू बेलायत आउंदा शुरुका दिनमा कन्डक्टर भएपनि पछि राजनीतिमा प्रवेश गरेर यहांसम्म आइपुगेको प्रसंग स्मरण गर्दै सांसद शर्माले कुनै पनि क्षेत्रमा समर्पण, लगाव र इमान्दारी भए गन्तव्यमा पुग्न सकिने बताए । उनले खानाको गुणस्तरसंगै सेवामा पनि सजग रहन सुझाव दिए ।
ब्रेन्ट काउन्सिलका मेयर भगवानजी चौहानले पनि व्यवसायिक सफलताको शुभकामना दिए ।
सिद्धार्थ विक्रम क्षेत्री, रविन गुरुङ, शिवन पुन र रञ्जन राजवंशीले साझेदारीमा पब सञ्चालन गरेका हुन् । कार्यक्रम सञ्चालन गर्दै क्षेत्रीले आफ्नो पबमा विविध धर्म, जाती, वर्ग, लिंग सबैलाई स्वागत गरिने बताए । उनले प्रत्येक शुक्रबार लाइभ म्यूजिक हुने पनि जानकारी दिए ।
कन्टिनेन्टल र नेपाली खाना समेत उपलव्ध हुने उक्त पबमा दुई सय जना अट्ने क्षमता छ । सानो बैठक, जन्मदिन वा अन्य खुशीयाली समारोह गर्न पब उपयुक्त हुने सञ्चालकको विश्वास छ ।
कार्यक्रममा सहभागी ब्रेन्ट काउन्सिल मेयर भगवानजी चौहान, गायक योगेश्वर अमात्य, सोलिसिटर राजु थापा, नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ, व्यवसायीहरु रबिजंग लामिछाने, बीपी खनाल, हरि केसी, प्रशान्त कुंवर, कांग्रेस नेताहरु डा. मीन रानाभाट, युवराज गुरुङ र आरके त्रिपाठी, यतीका कार्यवहाक अध्यक्ष शशीधर नेपाल, पूर्व अध्यक्ष उमेशराज मोक्तान, तमुधिं लन्डन ईकाई अध्यक्ष डेभिड गुरुङ, इभेन्ट अर्गनाइजर बीरेन खड्का लगायत सहभागीले शुभकामना दिएका थिए ।
तस्विरः शिव भण्डारी
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त