लन्डन । हस्पिटालिटी क्षेत्रमा लामो अनुभव बटुलेका केही नेपाली युवाले लन्डन साउथ हयारोमा पब शुरु गरेका छन् । माया पब शुक्रबार बेलायती सांसद बीरेन्द्र शर्माले औपचारिक उद्घाटन गरे ।
रिबन र केक काटेर पब औपचारिक उद्घाटन हुंदा स्थानीय बेलायती मेयर, लोकप्रिय गायक योगेश्वर अमात्य, नेपाली संघसंस्थाका प्रतिनिधि, ग्राहक र युवा समूहको उत्साहजनक उपस्थिति थियो ।
लेबर पार्टीका तर्फबाट चौंथो पटक सांसद निर्वाचित शर्माले शुभकामना दिंदै युवाहरुको समर्पण र जोशले व्यवसायले सफलता चुम्ने विश्वास गरे । आफू बेलायत आउंदा शुरुका दिनमा कन्डक्टर भएपनि पछि राजनीतिमा प्रवेश गरेर यहांसम्म आइपुगेको प्रसंग स्मरण गर्दै सांसद शर्माले कुनै पनि क्षेत्रमा समर्पण, लगाव र इमान्दारी भए गन्तव्यमा पुग्न सकिने बताए । उनले खानाको गुणस्तरसंगै सेवामा पनि सजग रहन सुझाव दिए ।
ब्रेन्ट काउन्सिलका मेयर भगवानजी चौहानले पनि व्यवसायिक सफलताको शुभकामना दिए ।
सिद्धार्थ विक्रम क्षेत्री, रविन गुरुङ, शिवन पुन र रञ्जन राजवंशीले साझेदारीमा पब सञ्चालन गरेका हुन् । कार्यक्रम सञ्चालन गर्दै क्षेत्रीले आफ्नो पबमा विविध धर्म, जाती, वर्ग, लिंग सबैलाई स्वागत गरिने बताए । उनले प्रत्येक शुक्रबार लाइभ म्यूजिक हुने पनि जानकारी दिए ।
कन्टिनेन्टल र नेपाली खाना समेत उपलव्ध हुने उक्त पबमा दुई सय जना अट्ने क्षमता छ । सानो बैठक, जन्मदिन वा अन्य खुशीयाली समारोह गर्न पब उपयुक्त हुने सञ्चालकको विश्वास छ ।
कार्यक्रममा सहभागी ब्रेन्ट काउन्सिल मेयर भगवानजी चौहान, गायक योगेश्वर अमात्य, सोलिसिटर राजु थापा, नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ, व्यवसायीहरु रबिजंग लामिछाने, बीपी खनाल, हरि केसी, प्रशान्त कुंवर, कांग्रेस नेताहरु डा. मीन रानाभाट, युवराज गुरुङ र आरके त्रिपाठी, यतीका कार्यवहाक अध्यक्ष शशीधर नेपाल, पूर्व अध्यक्ष उमेशराज मोक्तान, तमुधिं लन्डन ईकाई अध्यक्ष डेभिड गुरुङ, इभेन्ट अर्गनाइजर बीरेन खड्का लगायत सहभागीले शुभकामना दिएका थिए ।
तस्विरः शिव भण्डारी
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]