काठमाडौँ, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री र आयोगका पदाधिकारीहरु सहभागी बैठकमा प्रधानमन्त्रीले जनताको मत बदर नहुने गरी मतदान प्रक्रियामा सुधार गर्न आयोगलाई आग्रह गर्नुभयो । संवैधानिक व्यवस्थानुरुप सरकार आगामी माघ ७ गतेभित्रै प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्न प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले सोअनुसार तयारी तत्काल थाल्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।
तोकिएको समयमा चुनाव गर्न क्षेत्र निर्धारण आयोगले काम थालिसकेको र निर्वाचनसम्बन्धी दुई कानुन पनि केही दिनभित्रै पारित हुने तयारीमा रहेको प्रधानमन्त्रीले बैठकमा जानकारी दिनुभयो । प्रधानमन्त्रीले निर्वाचन खर्च घटाउनका लागि एकैदिन केन्द्र र प्रदेशको चुनाव गर्ने तयारीमा सरकार रहेको पनि आयोगका पदाधिकारीलाई जानकारी गराउनुभयो ।
बैठकमा आयोगका पदाधिकारीले निर्वाचनसम्बन्धी विधेयक छिटो पारित गर्न सरकारको ध्यानाकर्षण गराएको आयोगका कामु सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो । यसैगरी प्रदेश विभाजनका क्रममा रुकुम र नवलपरासी जिल्लालाई विभाजन गरिएको अवस्थामा त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयसमेत छिटो टुङ्याउन आग्रह गरिएको न्यौपानेले बताउनुभयो ।
आगामी माघ ७ भित्र केन्द्र र प्रदेशको दुई तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक जटिलताका बीच दुवै निर्वाचनलाई एउटै मितिमा गर्न सकिने वा नसकिने भन्ने विषयमा समेत बैठकमा छलफल भएको थियो । बैठकमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, आयुक्त, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत सहभागी हुनुहुन्थ्यो ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?