काठमाडौँ, १० साउन । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया जान गत जेठमा लिइएको भाषा परीक्षामा १२ हजार १०८ जना उत्तीर्ण भएका छन् ।
मानव संसाधन विभाग कोरियाले लिएको परीक्षामा १२ हजार १०८ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग नेपालअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।
उत्तीर्ण भएका उम्मेदवारले स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदनलगायतमा सफलता प्राप्त गर्नुपर्ने शाखाले जनाएको छ । यसरी उत्तीर्ण भएकाहरु कोरिया जाने निश्चित भने हुँदैन । उत्तीर्ण भएकालाई प्रतीक्षा सूचीमा राखी कोरियाबाट आएको मागका आधारमा मात्रै उनीहरुलाई पठाउने गरिन्छ । उत्तीर्ण भएकाको नामावली www.epsnepal.gov.np,www.mole.gov.np, www.eps.go.kr मा हेर्न सकिने शाखाले जनाएको छ ।
भाषा परीक्षाका लागि ७५ हजार ६०० जनाले आवेदन दिएकामा गत जेठमा भएको परीक्षमा ६८ हजार मात्रै परीक्षार्थी सहभागी भएका थिए ।
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’